६ जेष्ठ २०८१, आइतबार

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल : नेपाल र भारत १-१ गोलको बराबरीमा


नेपालविरुद्ध भारतको पहिलो गोल

काठमाडौँ । नेपाल र भारतबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल १-१ को बराबरीमा सकिएको छ । साफ च्याम्पियनसिपको तयारीमा रहेका दुई मित्र राष्ट्र नेपाल र भारतवीच आज बिहीबार दशरथ रंगशालामा भएको मैत्रीपूर्ण खेल १-१ गोलको बराबरीमा टुंगिएको हो ।

आज भएको खेलमा घरेलु मैदानमा पहिलो हाफमा अञ्जन विष्टले खेलको ३६ औं मिनेटमा नेपालको लागि पहिलो गोल गरेर नेपाललाई अग्रता दिलाएका थिए ।

यस्तै भारतका अनिरुद्र थापाले दोस्रो हाफमा खेलको ६० औं मिनेटमा भारतको लागि पहिलो गोल गरेर खेललाई बराबरीमा फर्काएका थिए । दोस्रो मैत्रीपुर्ण खेल भदौ २० गते आइतबार हुनेछ ।

यो पनि पढ्नुहोस्

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल : नेपालविरुद्ध भारतले पनि गर्यो १ गोल

भारतविरुद्ध नेपालले गर्यो १ गोल


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !