२७ बैशाख २०८१, बिहिबार

तेस्रो एकदिवसीयमा पनि भारतको प्रभावशाली जित


bharatiya players

एजेन्सी, २५ माघ । दक्षिण अफ्रिका भ्रमणमा रहेको भारतीय टिमले दक्षिण अफ्रिकाविरुद्धको ६ खेलको एकदिवसीय सिरिजको तेस्रो खेलमा पनि प्रभावशाली जित निकालेको छ । कप्तान विराट कोहलीको शानदार शतकीय पारी तथा शिखर धवनको अर्धशतक र बलरहरूको कसिलो बलिङअघि दक्षिण अफ्रिका निरीह रह्यो ।

यससँगै भारतले ३-० को अग्रता कायम गरेको छ । भारतले पहिले ब्याटिङ गर्दै ३ सय ३ रनको विशाल स्कोर तयार पार्यो । जवाफमा आयोजक दक्षिण अफ्रिका महत्त्वपूर्ण तीन ब्याट्सम्यान (क्वेन्टन डिकक, फाफ डुप्लेसिस र एबी डिभिलियर्स) विनामैदानमा फिक्का देखियो । यसका कारण दक्षिण अफ्रिका ४० ओभरमा १ सय ७९ रनमा अलआउट हुन पुग्यो ।

भारतका लागि कुलदीप र युजवेन्द्र चाहलले समान चार-चार विकेट लिए । दक्षिण अफ्रिकाका लागि सर्वाधिक रनका रूपमा जेपी डुमेनीले ५१ रन बनाए । कोहलीको रेकर्डेड पारी दक्षिण अफ्रिका विरुद्ध कप्तान विराट कोहलीले रेकर्डे पारी खेले । कोहली दक्षिण अफ्रिकामा एकदिवसीय क्रिकेटमा सर्वाधिक ठूलो पारी खेले ।

उनले १ सय ६० रनको अविजित पारी खेल्दा १२ चौका र २ छक्का प्रहार गरेका थिए । यसअघि सौरव गांगुलीले १ सय २७ रनको पारी खेलेका थिए । साथै कोहलीले करीअरको ५५ औं शतक प्रहार गर्दा एकदिवसीय तर्फ ३४ औं शतक पूरा गरे । यसअघि भएको दोस्रो एकदिवसीय खेलमा पनि कोहलीले शतक प्रहार गरेका थिए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !