१४ बैशाख २०८१, शुक्रबार

कोपा डेल रेमा रियलको जित


real myadrid

५ माघ, रियल म्याड्रिडले अन्तिम समयको गोलसँगै लगातार तीन खेलपछि पहिलो जित निकाल्न सफल भएको छ । कोपा डेल रेको क्वाटरफाइनल अन्तर्गत लेगानेस विरुद्ध बिहीबार राति भएको खेलमा मार्को असेन्सियोले ८९ औं मिनेटमा गरेको गोल निर्णायक भयो ।

रियल प्रशिक्षक जिदाने जिदानले अधिकांश खेलाडीलाई आराम दिँदै दोस्रो रोजाइका खेलाडीलाई मैदानमा उतारेका थिए । रियलले अर्को साता दोस्रो लेगमा घरेलु मैदान सेन्टीइगो बर्नेबाउमा लेगानेस विरुद्ध दोस्रो लेग खेल्दैछ ।

खेलमा रियलविरुद्ध घरेलु मैदानमा लेगानेसले दोस्रो हाफमा गरेको प्रहार बारमा लागेर फर्किएपछि गोल गर्ने अवसर गुमाएको थियो । ८९ औं मिनेटमा थियो हर्नान्डेजको क्रसलाई सदुपयोग गर्दै रियललाई असेन्सियोले गोल गर्दे निर्णायक अग्रता दिलाए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !