१४ बैशाख २०८१, शुक्रबार

इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनको शानदार जितको यात्रा जारी


इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनको शानदार जितको यात्रा जारी

एजेन्सी, असोज ११ । इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा एभर्टनले जितको यात्रा जारी राखेको छ । लिग अन्तर्गत हिजो शनिबार राति भएको खेलमा एभर्टनले सिजनमा तेस्रो जित दर्ता गर्न सफल भयो ।

अवे मैदानमा भएको खेलमा उसले क्रिष्टल प्यालेसलाई २–१ ले पराजित गरेको हो । १० औँ मिनेटमा डोमिनिक-काल्भर्ट लेविनको गोलबाट एभर्टनले सुरुवाति अग्रता लियो ।

चेइखो कुयाटेले २६ औँ मिनेटमा क्रिष्टल प्यालेसका लागि बराबरी गोल फर्काए । ४० औँ मिनेटमा पाएको पेनाल्टीमा रिचार्लिसनले गोल गरेपछि एभर्टनको जित निश्चित भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !