१४ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री ओलीद्वारा पूर्वसभामुख महराकी श्रीमतीको निधनप्रति श्रद्धाञ्जली व्यक्त


प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौँ, कार्तिक १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसभामुख एवं प्रतिनिधि सभाका सदस्य कृष्णबहादुर महराकी श्रीमती सीता महराकाे असामयिक निधन भएकाेमा ट्वीटरमार्फत श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

उनले ट्वीरमा लेखेका छन्, “प्रतिनिधिसभाका सदस्य एवं पूर्वसभामुख माननीय श्री कृष्णबहादुर महराकी श्रीमती सीता महराको आज बिहान नर्भिक अस्पतालमा भएको निधनबाट अत्यन्त दु:ख लागेको छ। म दिवंगत सीता महराप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै पूर्वसभामुख महराजी सहित संपूर्ण शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।”

महराकी श्रीमती सीता महराको कोरोना संक्रमणवाट आज बिहान ६ः२५ बजे नर्भिक हस्पिटलमा मृत्यु भएको हो । निमोनिया र स्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

नर्भिक हस्पिटलमा पीसीआर टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको थियो। उनी माइस्थेनिया नामक रोगबाट विगत १० वर्षदेखि ग्रसित थिइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !