१४ बैशाख २०८१, शुक्रबार

निजी सवारी साधन मात्र जोर-बिजोरमा चल्ने, एक जिल्लाबाट अर्कोमा जान नपाउने


निजी सवारी साधन

काठमाडौं, जेठ २९ । नेपाल सरकारले लकडाउन खुकुलो बनाउने निर्णय गरेको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले जोर-बिजोर प्रणालीमा निजी सवारी मात्र चलाउने निर्णय गरेको नेपाल सरकारका प्रवक्ता तथा सञ्चार एवं अर्थमन्त्री डा. युवराज खतिवडाले मन्त्रालयमा बिहिबार हुने नियमित पत्रकार ब्रिफिंग गर्दै सो जानकारी दिएका छन् ।

उनका अनुसार सरकारले सार्वजनिक यातायात तत्काल नचलाउने निर्णय गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले यसरी निजी सवारी चलाउँदा एक जिल्लाबाट अर्को जिल्लामा भने जान पाइने छैन । यसरी गाडी चलाउँदा चालकबाहेक गाडीमा २ जना राख्नुपर्ने छ भने मोटरसाइकलमा १ जनामात्र हिँड्न पाइनेछ । त्यस्तै सरकारी र निजी कम्पनीका कर्मचारी बोक्नका लागि पनि जोर-बिजोर प्रणालीमा सवारी चलाउन पाइनेछ ।

‘यसरी सवारी चलाउँदा एक लहरका सिटमा १ जनाका दरले मात्र यात्रु राख्ने र मास्क लगाउने लगायत सबै स्वास्थ्य सावधानी अपनाउनु पर्नेछ,’ खतिवडाले भने । सरकारले मानिसको हिँडडुलमा भने कुनै रोकटोक नभएको बताएको छ । मन्त्री खतिवडाले यो व्यवस्था २१ दिनका लागि लागू हुने जानकारी दिएका छन् । यो व्यवस्था आज बिहीबारदेखि नै लागू हुनेछ ।

यो पनि पढ्नुहोस्

मोटरसाइकल वा स्कुटरमा १ जना मात्र चढ्न पाइने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु