२१ बैशाख २०८१, शुक्रबार

कञ्चनपुरको भीमदत्त नगरपालिका देशभरमै उत्कृष्ट


भीमदत्त नगरपालिका

कञ्चनपुर । कञ्चनपुर जिल्लाको नगर विकास कोषले भीमदत्त नगरपालिकालाई देशभरमै उत्कृष्ट नगरपालिका छनोट गरेको छ । उत्कृष्ट छनोट भएको नगरपालिकालाई कोषले रु एक लाख नगद पुरुस्कार प्रदान गर्ने भएको छ ।

कोषको ३२ औँ वार्षिकोत्सवका अवसरमा नगद पुरस्कारसहित सम्मान प्रदान गर्ने कार्यक्रम बनाइएको छ । नगर प्रमुख सुरेन्द्र विष्टले नगरवासीकोे साथ र सहयोगबाट पुरस्कार पाउने अवस्थासम्म पुगिएको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !