२२ बैशाख २०८१, शनिबार

मध्यविन्दु नगरपालिका-७ चोरमारा ७ दिनका लागि बन्द


प्रिय धन
प्रिय धन

चोरमारा, १० असार । पुर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका को वडा नम्बर ७ चोरमारा क्षेत्र १ हप्ताका लागि पुर्ण रुपमा बन्द हुने भएको छ । वडा नम्बर ७ को वडा कार्यालयले जारी गरेको सुचनामा वडा नम्बर ७ मा मानिसहरुको चहलपहल र भिड्भाड ह्वात्तै बढेका कारण कोरोना भाइरसको जोखिम बढ्न सक्ने भन्दै सर्वसाधारण को जीवन रक्षाका लागि १ हप्ता बन्द गर्ने निर्णय गरिएको उल्लेख गरिएको छ ।

वडा कार्य समिती , टोल संयोजक र ब्यवसायी प्रतिनिधिहरूको आज बसेको संयुक्त बैठकद्वारा असार १२ गते देखि असार १७ गते सम्म वडा बन्द गर्ने निर्णय गरिएको हो । यो बन्द गर्न लागिएको १ हप्ता सम्ममा औषधि पसल र भेटेरेनरी पसल २४ सै घण्टा खुल्ला रहने तथा दूध डेरि र मलखाद्ध्य पसल हरेक दिन बिहान ७ बजे देखि बिहान १० बजे सम्म ३ घण्टा खुल्ला रहने मध्यविन्दु ७ का वडा अध्यक्ष अमृत प्रसाद ज्ञवालीले जानकारी दिनुभयो ।

असार ११ गते देखि असार १७ गतेसम्म मध्यबिन्दु नगरपालिकाको ७ नम्बर वडामा बैंक, बित्तीय सस्था, तरकारी पसल, फलफूल पसल, खाद्यान्न पसल समेत बन्द रहने बताइएको छ । तर कतिपयले ब्यवसायीले भने खाद्यान्न, तरकारी पसल भने खोल्नुपर्ने बताएका छन् ।

मध्यविन्दु नगरपालिका-७ चोरमारा ७ दिनका लागि बन्द


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !