२४ पुस २०८१, बुधबार

सेक्स गर्नु मुटुरोगीका लागि फाईदा, कम गर्छ हृदयघात


सेक्स एक प्रकारको व्यायाम जस्तै हो । यसले आनन्द मात्रै प्राप्त हुने होइन, मुटुलाई समेत फाइदा गर्छ । मुटुरोग विशेषज्ञहरूका अनुसार पुरुष र महिलाबीच सहमतिमा गरिने सहवासले हृदयघातको सम्भावना कम गर्छ । हरेक दिन गरिने यौन सम्पर्क भन्दा हप्ताको दुईदेखि तीन पटकसम्म गरिने यौन सम्पर्कले मानिसको आयु १० वर्ष बढ्छ । अधिकांश मुटुरोगीहरू यौनसम्पर्कले मुटुमा दवाव पर्ने अनुमान गरेर यौन सम्पर्कबाट टाढा रहन खोज्छन । तर त्यसो गर्नु नहुने चिकित्सकहरू बताउछन् ।

मुटुरोगका अनुसार यौन क्रिडाको समयमा मुटुमा पर्ने दबाब भनेको दुई तला माथि भर्याड चढ्नु बराबर हो । छातीमा पीडा उत्पन्न नभई २ तला माथि भर्याडबाट चड्न सकिन्छ भने यौनक्रिडाको भार मुटुले सजिलै धान्न सक्छ । यदि छातीमा पीडा उत्पन्न हुन्छ भने यौनसम्पर्कका बेला कम मात्र श्रम प्रयोग गर्नुपर्छ । जिब्रोमुनि राख्ने औषधि प्रयोग गर्नुपर्छ । कपिपय पुरुष मुटुरोगीहरूले यौन दुर्वलताको अनुभव गर्छन । धेरैजसो अवस्थामा यो मनोवैज्ञानिक कारणबाट हुन्छ ।

यसका अलावा डिप्रेसनका कारण पनि त्यसो हुन्छ । कहिलेकाही सेवन गरिरहेको कुनै औषधिका कारण पनि यौन दुर्वलता भएको हुनसक्छ । यसको उपचार संभव छ । चिकित्सकसँंग संकोच नमानी यसका बिषयमा परामर्श लिनुपर्छ । हृदयघात भएको कति समयपछि यौनसम्पर्क गर्दा हुन्छ ? भन्ने प्रश्न पनि विरामीको मनमा हुन्छ । यो कुरा उनीहरू डाक्टरलाई भन्ने गरेका हुदैनन । चिकित्सकहरुका अनुसार हृदयघातको शल्यक्रिया गरेको चार हप्तापछि यौन सम्पर्क राख्दा हुन्छ । तर आफ्नो अन्य स्वास्थ्य अवस्था भने विचार गर्नुपर्छ ।-एजेन्सीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !