७ बैशाख २०८१, शुक्रबार

महिलाहरुका लागि सेक्स किन आवश्यक छ ?


सेक्स
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

के तपाईंलाई थाहा छ, सेक्स गर्नाले महिलाको तौल घट्छ, छाला चम्किलो हुन्छ र मुटुको रोगहरु पनि लाग्दैन । महिलाहरुका लागि सेक्स किन आवश्यक छ र यसको फाइदा के हो थाहा पाउनुहोस् । दुखाईबाट मुक्ति दुखाइबाट मुक्ति दिन सेक्स प्राकृतिक औषधी हो । सेक्स गर्नाले अक्सिटसिनलाई नष्ट गर्ने गर्दछ र यसले कुनै पनि पिडा र दुखाई कम गर्दछ ।

स्वस्थ छाला

डीएचएक नामक हर्मोन एउटा यस्तो तत्व हो जुन चरमोत्कर्षको दौरान प्रवाह हुने गर्दछ । यो तत्वले छालालाई स्वस्थ, डण्डिफोरबाट मुक्ति र छालाको चमक बढाउनमा मद्दत गर्दछ ।

पाठेघरको क्यान्सर

पुरुषहरुको इज्याकुलेसनले प्रोस्टेट क्यान्सरबाट बचाउँछ भने महिलाहरुको इज्याकुलेसनले पाठेघरको क्यान्सरबाट सुरक्षा प्रदान गर्ने गर्दछ । सेक्सपछि चरमोत्कर्षसम्म पुग्ने प्रक्रियामा महिलाहरुले पाठेघरको क्यान्सरसँग लड्ने शक्ति प्रदान गर्दछ ।

तनाव कम गर्ने माध्यम

तनावले धेरैजसो मानिसहरुलाई आफ्नो शिकार बनाएको हुन्छ । तनावबाट बच्ने सबैभन्दा राम्रो उपाय भनेको सेक्स नै हो । सेक्सको दौरान तपाईंलाई तनाव र डिप्रेसनबाट बचाउँछ किनभने सेक्स गर्दा अक्सिटसिनबाट मुक्ति दिने गर्दछ जुन तनावको लागि जिम्मेवार हुने गर्दछ ।

मिठो निन्द्रा

सेक्सले निन्द्रालाई बढाउँछ र अक्सिटोसिनलाई हटाउन मद्दत गर्दछ, जसले निन्द्रा आउन मद्दत गर्छ । यहि कारणले गर्दा पुरुषहरुलाई सेक्सलगत्तै निन्द्रा लाग्ने गर्दछ ।

रोग प्रतिरोधात्मक क्षमता

कमजोर प्रतिरोधात्मक क्षमता भएका कारण मानिसहरु छिट्टै बिरामी हुने गर्दछन् । यदि तपाईंलाई कुनै साइड इफेक्ट बिना रोग प्रतिरोधात्मक क्षमतालाई वृद्धि गर्नु छ भने सेक्स गर्नुहोस् । सेक्स गर्ने क्रममा शरिरमा डीएचइए नामक हर्मोन उत्पादन हुने भएका कारण रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुने गर्दछ ।

मुटुको रोग

धेरैजसो मानिसमा मुटुको रोग हुने गर्दछ । तर सेक्सले मुटुको रोगबाट बचाउन सक्छ । नियमित रुपमा सेक्स गर्नाले मुटुको रोगको खतरामा कमी आउँछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !