११ पुस २०८१, बिहीबार

यौन चाहना तीव्र हुँदा कुनै पुरुषसँग यौनसम्पर्क राखूँ कि जस्तो लाग्छ !


यौन सम्पर्क

म १७ वर्षीया युवती हुँ । मलाई सेक्स गर्न मन लाग्छ । यौन चाहना तीव्र हुँदा कुनै पुरुषसँग यौनसम्पर्क राखूँ कि जस्तो पनि लाग्छ । तर, मैले त्यसो नगरी आफ्नै औँला योनिमा पसाएर यौन सन्तुष्टि लिइरहेको छु । योबाहेक महिलाले कसरी हस्तमैथुन गर्छन् ? यस्तो गर्दा केही हानि गर्छ कि गर्दैन ? के हस्तमैथुन गर्दा योनि खुकुलो हुन्छ ?

महिलाहरूले पनि आफ्नो यौन सन्तुष्टि पूरा गर्न हस्तमैथुनको सहारा लिएका हुन्छन् । यौन चाहना पूरा गर्न महिला तथा पुरुषले यौन साथी नभएको अवस्थामा आफ्नै हातको प्रयोगले यौन चाहना पूरा गर्नु नै हस्तमैथुन हो । यौन साथी नभएको अवस्थामा मानिसले आफ्ना यौनांगलाई आफैँ घर्षण गराएर आनन्द लिने गर्छन् । योनि मांसपेशीले बनेको नली आकारको एक विशेष अंग हो र यस अंगमा निकै नै तन्कन र खुम्चन सक्ने गुण हुन्छ । तन्कन र खुम्चन सक्ने गुण भएकै कारण विभिन्न नापको लिंग योनिमा प्रवेश गर्दा मिल्ने स्थिति रहन्छ । योनिमा औँला होस् वा लिंग वा अरू कुनै वस्तु प्रवेश गराइएमा वरिपरिबाट योनिको भित्ता सो कुरामा टाँसिएको अवस्थामा नै हुन्छ ।

तपाईले यो उमेरमा पुरुषसँग यौनसम्पर्क नराखी हस्तमैथुनको उपाय रोजेर राम्रो गर्नुभएको छ । तपाईको बढ्दो उमेर र विवाह गर्ने उमेर पनि नभएको अवस्थामा यौन चाहना पूरा गर्ने वैकल्पिक बाटो हस्तमैथुन नै हो । यो उमेरमा तपाईंजस्ता धेरै महिलाले विभिन्न उपायबाट हस्तमैथुन गर्ने गर्छन् । महिलाहरूले आफूलाई कसो गर्दा सन्तुष्टि मिल्छ त्यहीअनुसार हस्तमैथुन गर्दछन् । सबै महिलाले आफ्नो भगांकुर चलाउने योनिमा केही पसाउनुदेखि यौन संवेदनशील अंगलाई सुम्सुमाएर वा मर्दन गरेर चरमसुख प्राप्त गर्ने गरेका छन् ।

महिलाले योनिलाई वा अन्य यौनांगलाई यसरी नै चलाउनुपर्छ वा घर्षण गर्छन् भन्ने स्पष्ट वा कुनै ठीक तरिका भने छैन । चलाउने वा घर्षण गर्नेबाहेक दबाब दिने, बिस्तारै हल्लाउने वा जोडले हल्लाउने वा यसलाई कुनै वस्तुमाथि थिच्नेजस्ता अनेक उपायबाट पनि महिलाले यौनआनन्द लिने गरेका छन् । यीबाहेक महिलाले आफ्नो योनि, स्तन, नाइटो, ओठ, घाँटीको छाला, तिघ्रालगायत शरीरका अन्य अंगको स्पर्श, मर्दन वा सुम्सुम्याएर पनि यौनआनन्द लिने गरेका छन् । तर, अचेल बजारमा आएका विभिन्न कृत्रिम यौनसाधन तथा वस्तुको प्रयोग गरेर पनि महिलाले हस्तमैथुन गर्ने गरेको पाइएको छ ।

हस्तमैथुनलाई नकारात्मक रूपमा हेर्ने गरिन्छ । तर, हस्तमैथुनले मानिसलाई फाइदा नै गर्छ । हस्तमैथुनले यौनइच्छाको दमनबाट हुने तनावबाट मानिसलाई मुक्ति दिलाउँछ । हस्तमैथुन गरेमा मुखमा दाग आउने, आँखाको दृष्टि कमजोर हुने, विवाहपश्चात् आफ्नो यौनसाथीलाई सन्तुष्टि दिन नसक्नेलगायत अनेकौँ भ्रम रहेका छन् । तर, हस्तमैथुनले यस्ता स्वास्थ्यसम्बन्धी कुनै हानि गर्दैन ।- शुक्रबार साप्तहिकबाट


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !