२० बैशाख २०८१, बिहिबार

अल्वर्ट आइन्स्टाइनको विचार स्वभाव र चरित्र


अल्वर्ट आइन्स्टाइन

दृढ संकल्प, अदम्य साहस, कठोर मिहेनत तथा निरन्तर अभ्यासद्वारा विलक्षण प्रतिभका धनी व्यक्तित्वका रूपमा सुपरिचित हुनु भएका अल्वर्ट आइन्स्टाइन वीसौं शताब्दीका शिखर पुरुष हुन् । संसारमा केही यस्ता व्यक्ति जन्मन्छन्, जसको असाधारण प्रतिभा र योगदानले विश्व र मानव समाजमा अमिट छाप छाडेको हुन्छ । उनले विश्वलाई मानव दृष्टिकोणमा जुन प्रकारको परिवर्तन ल्याए, त्यस्तो अरू कुनै पनि वैज्ञानिकहरूले आजसमम् ल्याएका छैनन् । उनले विज्ञानको क्षेत्रमा मात्र नभई विश्वको राजनीति, धर्म, कला र संस्कृतिका क्षेत्रमा समेत ठूलो परिवर्तन ल्याए ।

उनी एक महान् भौतिकशास्त्री मात्र नभई एक ठूला चित्नक, आदर्शवादी, दार्शनिक, परोपकारी अन्तराष्ट्रिय सद्भावनाका पक्षपाती राजनेता पनि थिए । जुन कुराहरूको मूल्याड्ढन गर्दै प्रसिद्ध अमेरिकी साप्ताहिक पत्रिाका “टाइम” ले आइन्स्टाइनलाई २० औं शताब्दीका “शताब्दी पुरुष छानेको थियो । उनका सापेक्षतावाद सिद्धान्त प्रतिपादन हुँदा त्यसलाई बुझ्ने मानिस विश्वभरी एक दजर्न मात्र थिए । भनिन्छ । उनलाई अहिलेसम्मको इतिहासको सबैभन्दा ठूलो मानव मस्तिष्क भएको मानिसको रूपमा चिनिन्छ ।

मनुष्यको स्वभाव अनुसारको विचार हुन्छ उनको विचार, स्व्भाव र चरित्रलाई निम्न् अनुसार प्रस्तुत गर्न सकिन्छ ।

१. आइन्स्टाइन दार्शनिक एवम समाजवादी विचारका मानववादी

पत्रिका “मन्थली रिभ्यू” प्रथम अड्ढमा उनले “Why Socialism?” (समाजवाद नै किन ?) विषयमा एउटा लेख लेखे । यसमा उनले अर्थशास्त्र र समाजवाद” विषयमा प्रष्ट पारेका छन् । उनी पूँजीवादमा विरोधी थिए । विश्वको वर्तमान संकट नै समाधान पूँजीवाद नभई समाजवाद हो भनी उनले व्याख्या गरेका छन् ।

२. मानवतावादी आइन्स्टाइन र धर्मप्रति उनको धारणा

एक पटक उनलाई साँगुरो गल्लीबाट जानको लागि मानिसले तान्ने रिक्सामा बस्न अनुरोध गर्दा अस्वीकार गरी भनेका थिएः– मानवलाई पशु झैंव्यवहार गरी त्यसमाथि सवार भएर जान मेरो नैतिकताले कदापी स्वीकार्दैन भन्दै ईश्वरप्रति उनको धारणा थियोः ईश्वर दयालु हुन सकछन् तर दुष्ट हुँदैनन् ।

ईश्वरप्रति आइन्स्टाइनको धारणा थियो : ईश्वर दयालु हुन सक्छन् तर दुष्ट हुँदैनन् ।

३. प्रजातन्त्रप्रेमी आइन्स्टाइन

उनका शान्ति प्रजातनत्र र समानताप्रतिको प्रतिबद्धता यस्तो थियो: कुनैपनि वस्तु र स्थानका बारेमा छनौट रहेसमम म त्यो देशमा मात्र बस्ने थिए जहाँ कानूनी छनौट स्वयम कारवाही हुनु अगावै आम वा गरिरहने जनस्वतनत्रता । सहिष्णुता र समानता कायम रहोस् । प्रजातन्त्रमा अधिकार र वर्तमानका बारेमा उनको धारणा थियोः सत्यको खोजी गर्ने अधिकार एक कर्तव्य पनि हो । तर सत्य सहित भईसकेपछि त्यसको कुनै पनि अंशलाई कसैले पनि दबाउनु हुँदैन ।

४. विज्ञान र विज्ञानसम्बन्धी उनको धारणा

उनले विज्ञानलाई जहिले पनि व्यवहारमा र सामाजिक जनजीवनमा उतार्नुपर्दछ भन्ने ठान्दथे । विज्ञान समाजभनाद टाढा हुनुहुादैन, बरू समाजमा एककार गर्नुपर्दछ भनी भन्दथे । सापेक्षतावादमा सिद्धानतलाई सरल भाषामा भनदथेः जब एक जना केटो सुन्दरी केटसिाग् गफगाफमा भुल्दछ, उसलाई एक घण्टा भनाद बढी समय लाग्दछ । सापेक्षतावादमा सिद्धान्त भनेको नै यही हो । शिक्षाको बारेमा उनको धारणा थियोः शिक्षाको साँचो उद्देश्य भनेको मानिसको मस्तिष्कलाई सोच्ने बनाउन तालिम प्रदान गर्नु हो । तसर्थ शिक्षा अमूल्य छ ।”

५. शान्तिवादी आइन्स्टाइन

नाजीवादी जर्मनहरूलाई हटाउन र विश्वबाट नाजीवादी, फाँसीवादी र चिन्तनलाई परास्त “भ्यानहाटन प्रोजेक्ट” मार्फत् आणविक हातहतियारले अमेरिकालाई सम्पन्न पार्न उनी लागे । जर्मनहरूले अमेरिकन भन्दा अगावै आणविक वमाको निर्माण गर्नेछन् किनकी आणविक भौतिकशास्त्रको क्षेत्रमा जर्मनहरू दोश्रो विश्वयुद्ध भन्दा अगाडि निकै नै अगाडि थिए । दोश्रो विश्व युद्धमा अमेरिकाले जापानमा हिरोसिमा र नागासाकीमा अणुवम प्रहार गरू लाखौं जापानी जनताको नरसंहार गरेपछि अमेरिकी खुला आलोचक बने । विश्व शान्तिको पक्षमा जनमत निर्माण गर्न “शान्ति मजबूत” भई विभिन्न देशको भ्रमण गर्दै शान्तिको पक्षमा वकालत गर्न लागे ।

६. माखाको दर्शनशास्त्रको प्रभावमा वैज्ञानिक जीवन

आइन्स्टाइनले आफ्नो वैज्ञानिक जीव्न सम्पूर्ण रूपमा दार्शनिक विचारहरुको प्रभावमा शुरूवात गर्नु भएको थियो । न्यूटनका सिद्धान्तहरूमाथि भौतिकशास्त्री तथ्य दार्शनिक माखद्वारा गरिएको आलोचनाबाट उहाँ अति नै प्रभावित हुनुभएको थियो । आइन्स्टाइनदेखि म्याक्स प्लांक जस्ता महान् वैज्ञानिकहरूमाथि माखको दर्शनको प्रभाव निकै महत्वपूर्ण देखिन्छ ।

७. आइन्स्टाइन : समाजवादी तर सोभियत समाजवादमा आलोचनात्मक समर्थक

आइन्स्टाइनले समाजवादमा पक्षपाती र माक्र्सवादका समर्थक थिए भने सोभियत संघ लगायत समाजवादी अवस्थाका सञ्चालकहरूको स्वस्थ आलोचनामा थिए । उनले सन् १९१७ को समयमा भएको अक्टोवर समाजवादी क्रान्तिको समर्थन गरेका थिए भने आशा अनुसार सोभियत समाजवादले काम गर्न नसकेकोमा आलोचक । उनको विचारमा समाजवादको समाजमुखी व्यक्तिगत स्वतन्त्रतामा र अधिकार कर्तव्यबोध सहितको जनताको जनतन्त्र हुनुपर्दछ । सन् १९५० मा सोभियत नेता जोसेफ स्टालिनद्वारा उनलाई सोभियत संघमा बस्न आमन्त्रित गर्दा उनले अस्विकार गरेका थिए ।

८.  फासीवाद, जातिवाद र साम्राज्यवाद विरोधी आइन्स्टाइन

आइन्स्टाइन फासीवादमा कट्ट। विरोधी हुनुहुनथ्यो । फासीवादमा भुक्तभोगी आइन्स्टाइनले हिटलरको नाजीवादी जर्मनी, मुसालिनीको फासीवादी इटाली र सैन्यवादी जापनको पराजय तथा ल्याम, समानता र स्वतन्त्रताको विजयको लागि दोश्रो विश्वयुद्धमा संलग्न शरणार्थीहरूलाई सहभोज अभियान नै थाले । आइन्स्टाइन उग्र जातिवाद विरोधी थिए ।

९. शान्तिपूर्ण विश्व सरकारका पक्षमा आइन्स्टाइन

आइन्स्टाइन विश्व शान्तिका पक्षपाती थिए । उनी विज्ञानलाई मानवीय र सामािजक उत्तरदायित्व वहन गर्ने विषयमा केनिद्रत एवम् क्रियाशील बनाउन चाहन्थे । विज्ञानलाई दर्शनसँग जोड्न रूचाउने आइन्स्टाइन “शान्तिपूर्ण विश्व सरकार स्थापनार्थ निरन्तर तल्लीन थिए ।

९. त्यागी आइन्स्टाइन

सन् १९५२ मा इजरायलमा प्रथम राष्ट्रपति चाहम वाइजम्यानको मृत्यृपछि प्रधानमन्त्री डेभिड वेन गुडियनले आइन्स्टाइनलाई इजरायलमा राष्ट्रपति बनिदिन अनुरोध सहित राखिएको प्रस्तावलाई उनले अस्वीकार गरेका थिए ।

१०. सरल स्वभावका धनी

आइन्स्टाइन अत्यन्तै सरल स्वभावका थिए । कहिले डामरमा पुरानो टाइ हजार बनाएर बाँध्दथे । केश जिङरिङ पारेर हिंड्दे । एकपटक वेल्जियमकी महारानीले उनलाई औपचारिक भ्रमणमा निम्तोमा उनी पैदल हिंडेर दरबाट अघि आइरहेको देखेर उनले प्रश्न सोधिन ? डा. साहेव, किन मैले तपाईमा स्वागर्थ पठाएको कार छोडी लुसुलुस हिंडेर आउनुभएको ? “प्रत्युत्तरमा मुसुक्क मुस्कुराउँदै उनले भने “महारानी महोदय पैदल हिडुनुको मजा, आफ्नै ठाउँमा छ ।

११. जनतामा सच्चा मित्र आइन्स्टाइन

संसारमा विभनिन् ठाउँबा आएका कैयौं मानिसहरू उनलाई भेट्न आउँथे । उनी भ्याएसम्म सबैसँग कुरा गर्दथे । उनी राजनीतकि वहस गर्न खुवै रूचाउँथे । उनी भन्थे “मेरो जीवन समीकरण र राजनीतबिीच विभाजित छ । यसंै प्रसंगमा एक पटक उनले भनेका थिएः राजनीति कर्ताहरूको लागि मात्र हो तर समीकरण अनन्त कालसम्म माथि छ ।

यो पनि पढ्नुहोस्

अल्वर्ट आइन्स्टाइनको विज्ञान क्षेत्रमा योगदान

आइन्स्टाइनका दुई सामान्य नोटको मूल्य १८ लाख

महान् बैज्ञानिक अल्वर्ट आइन्स्टाइनका अनौठा तथ्यहरू


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !