२० बैशाख २०८१, बिहिबार

ग्यासमा भन्दा दाउरामा पकाएको खाना स्वादिलो हुने कारण


rice coocking fire
Ram-Thakuri
राम ठकुरी

आजको आधुनिक र व्यस्त दुनियामा संसारभरी नै प्राय मुलुकमा ग्यासमा खाना बनाइन्छ । ग्यासमा खाना बनाउदा खाना चाडै पाक्ने, धुँवाको समस्या नहुने, फोहोर नहुने र् अन्य धेरै सहजता हुने हुन्छ । यसको वाबजुद संसारको धेरै ठाउँमा दाउरा बालेर पनि खाना पकाइन्छ । हामी सबैले अनुभव गरेका छौ कि दाउरामा पकाइएको खाना ग्यासमा पकाइएको खाना भन्दा स्वादिलो हुन्छ ।

खानेकुरामा खासगरी विभिन्न प्रकारका प्रांगारिक यौनिकहरु हुन्छन् । यस अन्तर्गत भिटामिन, प्रोटिन, कार्बोहाइड्रेट, एन्टिअक्सिडेन्टनका साथसाथै अन्य धेरै यौगिकहरु पर्दछन् । यी यौगिकहरुको पग्लने र् उम्लने बिन्दु कम हुन्छ । ग्यास बाल्दा उच्च तापशक्ति बढी उत्पान्दन भई तापक्रम बढ्ने हुदाँ उक्त तापक्रममा यौगिकहरु नस्ट भइ कतिपय ग्यासमा रुपान्तरण भई उडेर जान्छ, भने बाँकी रहेको यौगिकको अणुको संरचना नस्ट भइ प्राकृतिक स्वादमा ठुलो भिन्नता आउछ ।

दाउरामा खाना बनाउदा भने ग्यास बाल्दा जस्तो धेरै तात्क्रम नबढ्ने हुदाँ धेरै यौगीकहरु संरचना बिग्रन पाउदैन र खाना स्वादिलो हुन्छ ।दाउरामा खाना बनाउदा पनि धेरै चर्को आगो बाल्ने खानेकुरा धेरै बेर पकाउने र खाना पकाउदा नछोप्ने गरेमा कतिपय भिटामिनहरु नस्ट भई उडेर जाने हुन्छ ।

*रसायनशास्त्रमा स्नातकोत्तर तह (एमएस्सी) गरेका राम ठकुरी नेपालपत्रका सह-सम्पादक हुन् । उनका लेखहरु बैज्ञानिक, अनुसन्धानात्मक र जानकारीमुलक हुन्छन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !