१४ बैशाख २०८१, शुक्रबार

सरकारद्वारा भोलि घरघरमा दीप प्रज्वलन गर्न आग्रह


दीप प्रज्वलन C

काठमाडौँ, बैशाख २४ । नेपाल सरकारले भोलि बिहीबार बेलुका घरघरमा दीप प्रज्वलन गर्न आग्रह गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले भोली बैखाश २५ गते बुद्ध जयन्तीका अवसरमा साँझ दिप प्रज्ज्वलन गर्न पनि नागरिकहरुलाई आग्रह गरेको छ ।

बुद्ध जयन्तीको अवसरमा कोरोनाको महामारीबाट मुक्ति मिलोस् भन्ने कामना पनि गरौं भनेर दिप प्रज्ज्वलन गर्न आग्रह गरिएको हो । साथै कोरोना भाइरस (कोभिड-१९) देखिएका व्यक्तिहरुको उपचारमा खटिएको चिकित्सक तथा स्वास्थ्यकर्मीको सम्मानमा पनि घरघरमा दीप प्रज्वलन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।

यो पनि पढ्नुहोस्

जेठ १८ गतेसम्म अन्तर्राष्ट्रिय हवाई उडान र सीमा नाका बन्द

जेठ ५ गतेसम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !