१४ बैशाख २०८१, शुक्रबार

जेठ १८ गतेसम्म अन्तर्राष्ट्रिय हवाई उडान र सीमा नाका बन्द


त्रिभुवन बिमानस्थल

२४ वैशाख, काठमाडौं । नेपाल सरकारले जेठ १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान र सीमा नाकामा आवागमन बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको थियो ।

यस्तै अन्तर्राष्ट्रिय हवाई उडान र सीमा नाका आवागमनमा लगाएको रोकलाई मे ३१ अर्थात जेठ १८ गतेसम्म लम्ब्याउने निर्णय भएको हो । बैठकले भोलि २५ गते बुद्ध जयन्तीको अवसरमा साँझ ७ बजे दीप प्रज्ज्वलन गर्ने निर्णय समेत गरेको छ ।

आज बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेका मन्त्रिपरिषद्को बैठकले अन्तर्राष्ट्रिय रुपमै कोरोनाको महामारी बढीरहेको भन्दै बाह्य क्षेत्रबाट हुने खतरा रोक्न लागि अन्तर्राष्ट्रिय उडान र सीमानाका बन्द गर्ने निर्णय गरेको हो ।

यसअघि अन्तर्राष्ट्रिय उडानमा जेठ २ सम्मका लागि प्रतिबन्ध लगाइएको थियो। पछिल्लो समय छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि नेपाल-भारत आवतजावतमा दुईतर्फी रोक लगाइएको थियो । सरकारले यसलाई निरन्तरता दिएर अगाडि बढ्ने निर्णय गरेको हो।

यस्तै सरकारले लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । पछिल्लो समय नेपालगन्ज लगायतका स्थानमा कोरोना संक्रमित देखिएपछि सरकारले लकडाउनको अवघि थप गरेको हो । लकडाउन थप गरेपनि सरकारले कम प्रभावित क्षेत्रमा केही खुकुलो हुने गरी लकडाउनको मोडालिटी तय गरेको बताएतापनि सार्वजनिक भने गरिएको छैन ।

यो पनि पढ्नुहोस्

जेठ ५ गतेसम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !