४ बैशाख २०८१, मंगलबार

जेठ ५ गतेसम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय


मन्त्रिपरिषद्

२४ वैशाख, काठमाडौं । नेपाल सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । आज बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको समय ११ दिन थप गर्दै जेठ ५ गतेसम्म पुर्‍याएको हो ।

कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि लकडाउनको समय बढाइएको हो । यसअघि घोषणा गरिएको लकडाउन भोली वैशाख २५ गतेसम्म कायम छ । हिजो बसेको कोरोना नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनलाई पुनः ७ दिनदेखि १० दिनसम्म थप्न मन्त्रिपरिषद्लाई सुझाव दिएको छ ।

साथै आज बसेको समितिको बैठकले अव थपिने लकडाउनमा केहि क्षेत्रहरुमा खुकुलो बनाउनुपर्ने निष्कर्ष निकालेको थियो । सरकारले कोरोना भाइरस (कोभिड-१९) को संक्रमणलाई शून्यमा झार्ने गरी काम गर्ने तयारी गरेको थियो ।

आज हिजो बालुवाटारमा बसेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति बैठकमा संक्रमण शून्यमा झार्ने विषयमा छलफल भएको थियो ।

नेपालगन्जमा संक्रमितको संख्या अचानक बढेपछि सरकार थप सतर्क अवस्थामा पुगेको हो । नेपालमा आज मंगलवार अहिलेसम्म ८२ जना संक्रमित भएका छन् ।

यो पनि पढ्नुहोस्

मन्त्रिपरिषद् बैठक आज, एक साताभन्दा बढी लकडाउन लम्ब्याउने तयारी

उच्चस्तरीय समितिको बैठक सकियो, लकडाउन कायम राख्न सरकारलाई सिफारिस

उच्चस्तरीय समितिको बैठक बस्दै : लकडाउनको स्वरुप परिवर्तन गर्ने विषयमा छलफल गर्ने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !