२६ बैशाख २०८१, बुधबार

धनलाभ गर्न यसरी गरौ लक्ष्मीको पूजा र बालौ यी ७ ठाउँहरुमा दीप


लक्ष्मीपुजा

धनलाभ गर्न यसरी गरौ लक्ष्मीको पूजा र बालौ यी ७ ठाउँमा दीप । लक्ष्मी हिन्दु धर्ममा धन तथा सुन्दरताकी देवी हुन् । हरेक मानिसको चाहना हुन्छ, सधै उसको घरमा लक्ष्मीको वास गरुन्, आर्थिक स्थिति राम्रो होस्, व्यक्तिले सबै सुख भोग गर्न सकोस् । ज्योतिषशास्त्रका अनुसार माता लक्ष्मीलाई खुसी राख्न तथा उहाँको कृपा प्राप्त गर्न, मानसिक पारिवारिक क्लेश, भूतप्रेतको वाधा आदि वाट छुट्कारा प्राप्त गर्न विशेष ध्यान दिनुपर्छ ।

यी ७ ठाउँहरुमा दीप बाल्दा धनलाभ हुन्छ

१. घरमा जहाँ लक्ष्मी माताको पूजा आजा गरिन्छ, त्यहाँ दीप बाल्नुपर्छ र दीप रातभरी बालिराख्नुपर्छ निभ्नु हुँदैन् ।

२. यदि धन सम्पत्तीको बहुतै समस्या भएको भय पिपलको फेदमा दीपावलीको राती दियो बाल्नु फलदायी मानिन्छ । तर, ध्यान दिनुपर्ने कुरा के हो भने दीप जलाएर हिडेपछि पछाडि फर्केर हेर्नुहुँदैन ।

३. घरको आसपासको खाली चौरमा दिपावलीको दिन रातको समय दिप जलाउदाँ पैसाको समस्या पर्दैन ।

४. वेलपत्रको फेदमा यस दिन दीप जलाउँदा भगवान शिव खुसी लक्ष्मी प्राप्त हुनका साथै मानिसका जीवनमा आउने हरेक प्रकारका दुःख हटेर जानेछ ।

५. यदि घर तथा कुनै मानिसको जीवनमा भूत प्रेतको समस्या छ भने दिपावलीको दिन मसान घाटमा पित्रृका नाममा बत्ती बाल्दा भूत प्रेतको भयबाट छुट्कारा मिल्नेछ ।

६. धनको कामना पूरा गर्नका लागि मूल ढोकाको बाहिर दुईवटा दियो बाल्नु राम्रो मानिन्छ ।

७. घरको आसपासको मन्दिरमा लक्ष्मी पूजाको दिन दिप बाल्दा सबै देवीदेवताको कृपाका साथै परिवारिक क्लेश हट्ने छ र मानशिक तनावबाट छुट्कारा मिल्छ ।

यो पनि पढ्नुहोस्

राती यी ५ कामहरु गर्नाले रिसाउछिन् लक्ष्मी माता

लक्ष्मी मातालाई खुसी राख्नको लागि राती यी कामहरु भुलेर पनि नगर्नुहोला


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !