७ बैशाख २०८१, शुक्रबार

लक्ष्मी मातालाई खुसी राख्नको लागि राती यी कामहरु भुलेर पनि नगर्नुहोला


यमपञ्चक आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली, भ¥याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । लक्ष्मी पूजा गरिने कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्वलन गरी झिलीमिली बनाइन्छ ।

दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ ।लक्ष्मीपूजापछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन छ । आज घरमा लक्ष्मी पूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ । यससँगै हामीले लक्ष्मीलाई खुसि राख्नको लागि पनि विभिन्न कुराहरु ध्यान दिन जरुरी हुन्छ त्यसैले गर्दा लक्ष्मीलाई खुसि राख्नको लागि यी कुराहरु नगर्नुहोला  ।

  • धेरै बेर सम्म सुत्नु भनेको अमुल्य समय गुमाउनु हो । साथै यो दरिद्रताको कारण पनि बन्न सक्छ । त्यसैले स्वस्थको लागि सहि समय सम्म मात्र सुत्नु पर्छ ।
  • क्रोधको कारणले व्यक्तिको मन र मस्तिस्कमा अशान्ति मच्चिन्छ र अशान्त मनले गरेको काम कहिले पनि सहि तरिकाले सम्पन्न हुदैन । क्रोधले पारिवारिक तथा सामाजिक सम्बन्धमा पनि असर गर्दछ ।
  • आलश्यता सफलताको मार्गको सबैभन्दा ठुलो बाधा हो । सफलता र समृद्धि चाहने हो भने सबै भन्दा पहिला आलश्यतालाई छोड्नुपर्छ । आलश्य टाढा भएमा मात्रै कुनै काम सम्पन्न हुन्छ र लक्ष्मी माता पनि खुशी हुन्छिन ।
  • डराईडराई कुनै काम गर्ने बानीले नोक्सान पुर्याउछ । यसको कारणले सफलता पुन गार्हो पर्दछ । दरले आफ्नो आत्मविश्वासमा कमि आउदछ र ईच्छाशक्ति भंग हुन्छ ।
  • जरुरी काम गर्न पनि जानी जानी बहाना बनाउने बानी राम्रो होइन ।यसको कारणले समय मा काम पुरा हुदैन । र काम पुरा नभई धनि हुइदैन । एजेन्सीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !