१४ बैशाख २०८१, शुक्रबार

तरुल र सखरखण्डको मूल्य ९१ प्रतिशतले वृद्धि


काठमाडौं, माघ १ । माघे संक्रान्तिमा बढी खपत हुने तरुल, सखरखण्ड र पिँडालुजस्ता कन्दमूलको मूल्य यसवर्ष झण्डै दोब्बरले वृद्धि भएको छ । यी कन्दमूलको मूल्य गतवर्षको तुलनामा ९१ प्रतिशतसम्मले बढेको कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिले बताएको छ । समितिको दैनिक मूल्य सूचीअनुसार गतवर्ष पुस ३० गतेको तुलनामा यस वर्ष सखरखण्ड र तरुलको मूल्य ९१ प्रतिशतले बढेको छ भने पिँडालुको मूल्य ३० प्रतिशतले वृद्धि भएको हो ।

गतवर्ष पुस ३० गते सखरखण्ड र तरुलको खुद्रा मूल्य प्रतिकेजी रु. ५५ र पिँडालुको खुद्रा मूल्य रु ६५ थियो । यस वर्षको पुस २९ गते (मंगलबार) सखरखण्ड र तरुलको खुद्रा मूल्य प्रतिकिलो रु. १०५ र पिँडालुको खुद्रा मूल्य प्रतिकिलो रु ८५ पुगेको छ । मूल्य बढे पनि यसको कारोबार भने चलायमान रहेको समितिका उपनिर्देशक विनय श्रेष्ठले बताए । यो खबर आजको आर्थिक अभियानमा प्रकाशित छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !