२२ बैशाख २०८१, शनिबार

भक्तपुरको मध्यपुरथिमिमा गीतसँगै होलीको उल्लास


भक्तपुरमा होलीको रौनक

भक्तपुर । मध्यपुरथिमिको ऐतिहासिक सम्पदास्थल निगु पुखु अर्थात् दुई पोखरीमा चर्चित गायकहरुको प्रस्तुतिसँगै पानीमा डुबुल्की मार्दै भक्तपुरका बासिन्दाले यस वर्षको होली भव्यरूपमा मनाएका छन् ।

नमस्ते ख्वप टेलिभिजन र लायन्स क्लब अफ नमस्ते ख्वपले संयुक्तरूपमा आज दुई पोखरीमा आयोजना गरेको म्युजिकल कन्सर्टसहितको होली कार्यक्रममा गायक गायिकाको प्रस्तुतिमा पोखरीको पानीमै सयौँ युवायुवतीले झुम्दै नाच्दै एकआपसमा सौहार्दरूपमा रङ खेल्दै होली मनाएका छन् ।

मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले उद्घाटन गर्नुभएको उक्त कार्यक्रममा चर्चित गायक धीरज राई, मानस राज, शशिकला राई, कपिल कसपाल, रोशन धौभडेल, प्रविण शाही, किरणकुमार शाक्य, कुमार योञ्जन लामालगायतले गीत गाएका थिए ।

होलीलाई शान्तिपूर्ण, सौहार्दरूपमा एकापसमा रमाइलो गरेर मनाउनुपर्ने सन्देश प्रवाह गर्दै हर्षोल्लासका साथ पर्व मनाइएको आयोजक नमस्ते ख्वप टेलिभिजनका प्रमुख ऋषिकेश श्रेष्ठले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !