१४ बैशाख २०८१, शुक्रबार

धार्मिक र पुरातात्विक महत्वका मन्दिर निर्माण गर्दै वैत्यश्वर


धार्मिक र पुरातात्विक महत्वका मन्दिर निर्माण गर्दै वैत्यश्वर

दोलखा, १४ कातिक । दोलखाको वैत्यश्वर गाउँपालिकाले प्राकृतिक, धार्मिक र पुरातात्विक महत्व बोकेका ३४ स्थानको पहिचान गरी वैत्यश्वर मन्दिरलगायत चैत्य, मठ, मन्दिर र गुम्बा निर्माण शुरु गरेको छ ।

हालसम्म ७० प्रतिशत काम सम्पन्न भएको बाँकी कार्य भइरहेको जनाइएको छ । गत आवमा रु ७० लाख र यस आवमा रु ४१ लाख बजेट गाउँपालिकाले विनियोजन गरेकामा सोहीअनुसार काम अघि बढेको गाउँपालिकाका उपाध्यक्ष रवीचन्द्र आचार्यले बताउनुभयो ।

दोलखा सदरमुकाम चरीकोटबाट करिब २७ कलिोमिटरको दूरीमा पर्ने यो मन्दिरमा अहिले पर्यटकको भीड लागेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !