२५ बैशाख २०८१, मंगलबार

स्वास्थ्य मन्त्रालयको आग्रह : सार्वजनिक स्थलमा पीङ नहालौं


पिङ फाइल फोटो

काठमाडौँ, असोज २२ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दशैमा सार्वजनिक स्थलमा लिंगे पीङ र रोटेपिङ नहाल्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा दसैंमा सार्वजनिक स्थलमा लिंगे पीङ र रोटेपिङ नहाल्न आग्रह गरेका हुन् ।

गौतमले घरमै बसेर चाड पर्व मनाउन आग्रह गर्दै सार्वजनिक स्थानमा पीङ नहाल्न आग्रह गरे । ‘सबै तह तप्काका व्यक्ति वा संस्थाले आफ्नो क्षेत्रमा कोरोना फैलिन नदिन तुरुन्त मन्दिरमा सक्रिय बनौं ।

मन्दिरमा नित्य पूजा मात्र गरौं, सार्वजनिक स्थानमा लिंगे र रोटेपिङ नहालौं । घरमै बसेर चाड पर्व मनाऔं । अनावश्यक रूपमा घरबाट ननस्किौं र निस्कनै परे सामाजिक दूरी कायम गरी मास्क लगाऔं,’ उनले भने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !