४ जेष्ठ २०८१, शुक्रबार

नेकपा सचिवालयको आकस्मिक बैठक बस्दै, के अब पार्टी विभाजन होला त ?


नेकपा सचिवालय

८ वैशाख, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको आकस्मिक बैठक बोलाइएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पार्टी विभाजन गर्न केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एउटामा ४० प्रतिशत भए पुग्ने व्यवस्था गर्न अध्यादेश ल्याउने निर्णय गरेलगतै सोमबार सचिवालय बैठक बोलाइएको हो ।

पार्टी विभाजनको निर्णय बाहिरिएपछि नेताहरुले सचिवालय बैठक माग गरेपछि नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठक ५:३० को लागि बोलाइएको एक नेताले जानकारी दिए ।

यो पनि पढ्नुहोस्

मन्त्रिपरिषद बैठक सकिएलगत्तै प्रचण्डलाई भेट्न मन्त्री पुन किन पुगे खुमलटार ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !