४ आश्विन २०८१, शुक्रबार

जनताले चाहे अनुसार काम हुन नसक्नु ठुलो दुर्भाग्य


देशको विकास
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

जनताले चाहे अनुसार काम हुन नसक्नु ठुलो दुर्भाग्य ! जहानियाँ राण शासनको अन्त गर्दै २००७ सालमा प्रजातान्त्रिक व्यवस्था आएको थियो, त्यसपछि धेरै राजनैतिक परिवर्तनहरु भएका छन् । राजावाट २०१७ सालमा आएर प्रजातान्त्रिक व्यवस्थालाई फालेर शासन सत्ता आफ्नै हातमा लिई पञ्चायती व्यवस्था लागु गरे जसका विरुद्ध २०४६ सालमा नेपाली कांग्रेसको नेतृत्वमा भएको जन-आन्दोलनले प्रजातन्त्रको पुनर्बहाली गरायो ।

प्रजातान्त्रिक व्यवस्थाको पुनर्बहाली भएको ५ वर्ष वित्न नपाउदै देशमा १० वर्ष लामो माओवादीको सशस्त्र बिद्रोह शुरु भयो । राजनैतिक दलहरु वीच निरंकुश राजतन्त्रलाई फाली गणतन्त्रात्मक मुलुक स्थापना गरी जनप्रतिनिधिवाट लिखित संविधान जारी गर्ने समझदारी भएसगैं माओवादी सशस्त्र बिद्रोहको अन्त्य भएको थियो।

यी सबै राजनैतिक परिवर्तनहरुका बीच देशले के कस्ता विकास नीतिहरु ल्याए र त्यसमा के कस्ता प्रगति भए भन्ने आम कौतुहलता रहेको छ । तर परिवर्तन समयको माग थियो, जनताको चाहना अनुरूप सोचे जस्तो देखिएन भ्रष्टाचार मौलाउदै गयो सत्ता साझेदारी गर्ने काम भयो ।

राजनैतिक अस्थिरताका कारण धेरै शिक्षित नेपाली युवाहरु विदेश पलायन भए । देशमा भएका उद्योग सवै समाप्त पारिए । देशको विकास ओरालो लाग्न थाल्यो । माओवादीको जनआन्दोलनले समाप्त पारिएका सवै उद्योग संचालन गर्ने जुन सपना नागरिकले गरेका थिए त्यो केहि भएन ।

नेपालको विकास यात्रा दिशाहिन छ र यसमा राजनैतिक नेतृत्वले खासै चासो दिएको छैन भन्ने कुरा देखाएको छ । नेपालले धेरै नै सैद्दान्तिक शिक्षामा केन्द्रित रहि सीपमुलक प्राविधिक शिक्षामा कम चासो दिएको छ । देशले आफुलाई चाहिने सीपमुलक व्यक्तिहरु तयार पार्न सकेको छैन जसको परिपुर्ति छिमेकी देशवाट आएका श्रमिकहरुले गरिराखेको छ ।

आज नेपालमा दुईतिहाइको सरकार छ तर देशले खासै उन्नति गर्न सकेको छैन । देशले फड्को मार्न बन्द उद्योगतर्फ ध्यान केन्द्रित गर्नुपर्ने थियो तर ध्यान दिएको पाइएन । देशमा भ्रष्टाचार रोकेर देशलाई विकासको गतिमा ढाल्नुपर्ने थियो । जुन जोगी आएपनि कान चिरेको भन्ने आवाज उठ्न थाले यो लोकतन्त्रको सफलतामाथि वर्तमान राजनीतिक दलहरुको कारणले नै गम्भीर प्रश्नचिन्ह खडा हुन थालेको कुरा बुद्धिजीबीहरूले अडकल लगाउन थालेका छन् ।

देशको उन्नति नहुनु भनेको राजनीति दलको कमजोरी हो । राजनीति पार्टीले नेपालीलाई परनिर्भरमा राखेर गलत गर्दै युवालाई पलायन बनाउदै गए । आज नोबेल कोरोनाको मार खेपिरहेको अवस्थामा समेत भ्रष्टाचार भएका घटना संचार माध्यममा आउनु लज्जास्पद कुरा हो । यो त लोकतन्त्रमाथि ठाडो खिल्ली उडाएको देखिन्छ ।

यो पनि पढनुहोस्

हिन्दू धर्म संस्कृतिका राम्रा पक्षहरु

धर्म संस्कृति मान्न आफुमा हुनुपर्छ विश्वासको जग बलियो

नेपालको जलस्रोतको सहि सदुपयोग गरे देश सम्पन्नशाली हुने

हाम्रो संस्कृति परिवर्तन भएको रहेनछ तर हामी परिवर्तन भएका रहेछौं

नेपालमा शान्ति खलबलाउने मूख्य कारण सनातन धर्म संस्कृतिको अपमान

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार तथा पत्रकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !