८ बैशाख २०८१, शनिबार

नेपालको जलस्रोतको सहि सदुपयोग गरे देश सम्पन्नशाली हुने


जलस्रोत
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

नेपालको जलस्रोतको सहि सदुपयोग गरे देश सम्पन्नशाली हुने । प्रकृतिले धनी मानिएको देश आज अर्ध-मुर्छित अवस्थामा छ । प्यारालाइसिस जस्तै देखिएको छ । हाम्रो देश नेपाल प्राकृतिक सम्पदाका दृष्टिले अत्यन्त समृद्ध मुलुक भन्न सकिने अवस्थामा छ तर प्रयोग गर्न नजान्दा धेरै पछाडि परेको छ ।

आर्थिक स्रोत जुटाउने वनजंगल नै हाम्रा प्राकृतिक सम्पदाहरु हुन् । यिनको समुचित सदुपयोगबाट नै नेपाललाई समुन्नत र वैभवशाली वनाउन सक्ने देखिन्छ । जल सम्पदाका दृष्टिले नेपाल विश्वको दोस्रो धनी राष्ट्र हो ।

नदीहरुको पानी त्यसै बगिरहेको छ । छहरा र खोलाहरु जताततै बगिरहेका छन् । वास्तवमा पानी हरेक प्राणीहरुका लागि नभई नहुने वस्तु हो । जीवनको अभिन्न अंगकै रुपमा मानिएको पानीलाई नेपालमा सही रुपमा सदुपयोग गर्न सकिएको छैन ।

जल सम्पदाको दृष्टिले सम्पन्न मानिएको नेपालमा वसोवास गर्ने करिव ३५ प्रतिशत नेपाली जनताले मात्रै शुद्ध खानेपानीको उपयोग गरिरहेको एक तथ्याङकले देखाउँछ । जे होस् नेपालमा भएको अपार जलसम्पदाको उपयोग गरी जलविद्युत उत्पादन गरेर नेपाललाई झलमल्ल पार्न मात्र होईन, समृद्ध पार्न पनि प्रशस्त सम्भावना देखिएको छ ।

जलस्रोतको सदुपयोगबाट नेपालका कृषकहरुलाई पनि प्रत्यक्ष फाईदा पुग्ने देखिन्छ । नेपालमा अधिकांश जनताहरुले कृषिलाई आफ्नो मुख्य पेशाको रुपमा अंगालिरहेका छन् । कृषि पेशालाई राम्रो बनाउन सकिएको खण्डमा हाम्रो देश नेपालको पनि सहि रुपमा विकास हुन सक्छ ।

जलसम्पदा जस्तै खनिज सम्पदाका दृष्टिले पनि नेपाल सम्पन्नशाली छ । तर यसको यहाँ उचित रुपमा सदुपयोग गर्न सकिएको छैन । वास्तवमा भन्नुपर्दा वहुमुल्य खानीको अनुसन्धान र उत्पादनबाट मुलुकमा आर्थिक बृद्धिदर वढाउन सकिन्छ भन्ने कुरा स्पष्ट रुपमा अरव राष्ट्रहरुको गतिशिल विकास र सम्पन्नतालाई हेर्दा थाहाँ पाउन सकिन्छ ।

आज यति हुँदाहुँदै पनि नेपाल किन पछाडि छ । यसको ठोस् कारण हो शिक्षित युवा पलायन हुनु । नेपालमा वैज्ञानिक उत्पादन गर्न नसक्नु । गरेकालाई प्रोत्साहन दिनपछि पर्नु । युवालाई प्रयोगमा ल्याउन नसक्नु । अरूले उत्पादन गरेको खाने बानी परेमा स्वउत्पादन ह्रास हुन थाल्दछ । परनिर्भरमा लाग्दा उत्पादन कम हुन्छ र विकासपछि पर्दै जान थाल्दछ ।

यो पनि पढनुहोस्

इतिहास पल्टाउदा १९ अंकबारे यस्तो छ रोचक जानकारी

देशको विकास र सम्वृद्धिको लागि सरकारले ध्यान दिनुपर्ने १२ बुँदाहरु

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार तथा पत्रकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !