१४ बैशाख २०८१, शुक्रबार

प्रदेश सभा र प्रतिनिधि सभा विधेयक पारित, निर्वाचनका लागि बाटो खुला


bicc

भाद्र १९, काठमाडौं | व्यवस्थापिका संसदले प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचन सम्बन्धमा बनेको विधेयक पारित गरेको छ । व्यवस्थापिका संसदको सोमबार बसेको बैठकले प्रदेश सभा सदस्यको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७४ र प्रतिनिधि सभा सदस्यको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७४ बहुमतले पारित गरेको हो ।

विधेयक पारित भएसँगै आगामी मंसीर १० र २१ गते दुई चरणमा गर्ने प्रदेश सभा र प्रतिनिधि सभा निर्र्वाचनका लागि कानुनी बाटो खुलेको छ ।निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि आवश्यक कानुन तत्काल उपलब्ध गराउन सरकारलाई ताकेता गर्दै आएको थियो । सोमबार बसेको संसद बैठकमा गृहमन्त्री जनार्दन शर्माले दुवै विधेयक पारित गर्न पेश गर्नु भएको प्रस्ताव बहुमतले पारित भएको हो ।

दुवै विधेयक सोमबार विहान राज्य व्यवस्था समितिमा पारित भएपछि सरकारले संसदमा निर्णयार्थ पेश गरेको थियो । संसदको अर्को बैठक आगामी शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !