१४ बैशाख २०८१, शुक्रबार

नेपालमा भ्रष्टचार घट्नुको सट्टा झन् बढ्दैछ


भ्रष्टचार
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

नेपालमा भ्रष्टचार घट्नुको सट्टा झन् बढ्दैछ । २०७३ साल यता सार्वजनिक गरेको भ्रष्टाचारमा १७६ औं देशमध्ये नेपाल १३१ औं स्थानमा परेको हेर्दा भ्रष्टाचारको कारण लोकतन्त्र धरापमा पर्ने संकेत देखिएको छ । लोकतन्त्र नभई भ्रष्ट्रतन्त्रको जग बलियो बन्दै गएको देखिन्छ ।

भ्रष्टाचार नेपालको मात्र होइन, विश्वव्यापी समस्या हो । अरू विकसित, विकासोन्मुख मुलुक र नेपालमा केवल एउटा मात्र फरक छ । ती देशमा भ्रष्टाचार कम र काम बढी हुन्छ, तर यहाँ भ्रष्टाचार बढी अनि काम निकै कम हुन्छ । अमेरिका, अस्ट्रेलिया, बेलायत जस्ता देशहरूमा पनि भ्रष्टाचार हुन्छ, तर त्यहाँ विकासका काम तीव्र रूपमा अघि बढेको पाइन्छ ।

तर नेपालमा भने त्यस्तो छैन । यहाँ भ्रष्टाचारले जरा गाडेको छ । देशको आर्थिक उन्नति नहुनुको पछाडिको मुख्य कारकतत्व भनेकै यहाँ मौलाउँदै गएको भ्रष्टाचार हो । केही अपवाद छोडेर यहाँ सरकारी निकाय र अन्य क्षेत्रमा तल्लो तहदेखि माथिल्लो तहसम्म राजनीतिज्ञदेखि कर्मचारी कुनै न कुनै रूपले भ्रष्टाचारमा संलग्न हुन्छन् ।

२०७३ साल यता सार्वजनिक गरेको भ्रष्टाचारमा १७६ औं देशमध्ये नेपाल १३१ औं स्थानमा परेको हेर्दा भ्रष्टाचारको कारण लोकतन्त्र धरापमा पर्ने संकेत देखिएको छ । लोकतन्त्र नभई भ्रष्ट्रतन्त्रको जग बलियो बन्दै गएको देखिन्छ ।

हामी भ्रष्टाचारी पक्राउ परेको समाचार दिनहुँजसो अखबारहरूमा सुन्न पाउँछौँ । सेवाग्राहीबाट कर्मचारीले घुस लिएको घटना धेरै सुन्न पाउँछौँ । तर ती त भए हामीले प्रत्यक्ष देखेका र सुनेका भ्रष्टाचारका घटना । भ्रष्टाचारको जालो विशाल छ । यसको कुनै दायरा छैन । सरकारी कर्मचारीतन्त्रभित्र पनि भ्रष्टाचारको जरा बलियो छ ।

मुलुकभित्र हुने गरेका यस्ता भ्रष्टाचारहरुलाई निर्मुल पार्न नसकेसम्म हाम्रो देश सुखी र समृद्धिको दिशामा अगि बढ्न सक्दैन र यसका लागि हाम्रो देशमा एउटा स्थिर सरकारको आवश्यकता छ भन्ने आम जनताको बुझाई र मान्यता रहेको छ ।

म केही यस्ता मान्छे चिन्दछु जसको कुनै व्यापार छैन अन्य कमाई गर्ने स्रोत केहि पनि छैन तर राजनीतिमा लागेको केहि वर्षमै आलिसान बंगाला बन्दछ गाडी घोडा आउछ भने उसले भ्रष्टाचार गरी कसरी ती सवै जोड्यो र ?

हाम्रो देशमा इतिहासमै अहिलेसम्मको सबैभन्दा बलियो दुई तिहाई वहुमत सहितको स्थिर सरकार बनेको छ । अब अहिले हाम्रो प्रधानमन्त्री स्वयमले भन्दै आउनु भएको छ ‘म पनि भ्रष्टाचार गर्दिन र अरुलाई पनि गर्न दिन्न’ अर्थात भ्रष्टाचार गर्नेलाई छोड्दिन । बास्तबमा उहाँले भन्न खोजेको कुरा जायज छ । भ्रष्टाचार गरेको छ वा छैन भन्ने कुरा उसले पाउने पारिश्रमिककले निर्धारण गर्दछ ।

म केही यस्ता मान्छे चिन्दछु जसको कुनै व्यापार छैन अन्य कमाई गर्ने स्रोत केहि पनि छैन तर राजनीतिमा लागेको केहि वर्षमै आलिसान बंगाला बन्दछ गाडी घोडा आउछ भने उसले भ्रष्टाचार गरी कसरी ती सवै जोड्यो र ?

जनआन्दोलनको उपलब्धि भनेको भ्रष्टाचार मौलाउनु हो भने यो सरकार सक्षम छैन । यदि देशको विकासमा अघि बढ्ने हो भने बन्द उद्योग खोल्न र नयाँ उद्योग स्थापना गरेर युवा बेरोजगार हटाउन सके परिवर्तन त्यसै देखिन थाल्दछ । ‘घुस दिन्या र लिन्या देशका शत्रु हुन’ यिनलाई निकालेर फाल्नुपर्ने समय आएको छ ।

यो पनि पढनुहोस्

राजा नागरिक भए तर नेता भए राजा जस्ता

नेपालमा लोकतन्त्र परिवर्तन हुदैछ लुटतन्त्रमा

परिवर्तन त भएकै छ, कसले भन्दैछ भएन परिवर्तन

नेपाल चाहेमा स्विट्जरल्याण्ड बन्न सक्छ, तर गफ होइन काम गरौ

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !