१५ बैशाख २०८१, शनिबार

प्रधानमन्त्रीको जन्मदिनमा नेपालको नक्सा अंकित केक, देश काटेर खाएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना


प्रधानमन्त्रीको जन्मदिनमा नेपालको नक्सा अंकित केक

फागुन १२, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६९ औं जन्मोत्सव हिजो फागुन ११ गते आफू जन्मेको जिल्ला तेह्रथुमको आठराई गाउँपालिका-४ को इवास्थित आफू जन्मेको घरमा पुगेर धुमधामका साथ जन्मोत्सव मनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मथलोमा जन्मदिन मनाएका तस्वीर सार्वजनिक भएसँगै उनको चर्चासँगै आलोचना समेत शुरु भएकाे छ ।

सामाजिक सञ्जालमा प्रधानमन्त्रीद्वारा केक बाेक्नका लागि हेलिकोप्टर चाटर्ड गरिएको र नेपालको नक्शा अंकित केक काटिएको विषयमा प्रधानमन्त्री ओलीको सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ । केहीले प्रधानमन्त्री ओलीज्यूले लिम्पियाधुरा विनाको नेपालको केकलाई चक्कुले काट्दै टुक्राटुक्रा बनाएर खाएछन् भनेर व्यंग्य समेत गरेका छन् ।

सामाजिक सञ्जालमा प्रधानमन्त्रीद्वारा केक बाेक्नका लागि हेलिकोप्टर चाटर्ड गरिएको र नेपालको नक्शा अंकित केक काटिएको विषयमा प्रधानमन्त्री ओलीको सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ । केहीले प्रधानमन्त्री ओलीज्यूले लिम्पियाधुरा विनाको नेपालको केकलाई चक्कुले काट्दै टुक्राटुक्रा बनाएर खाएछन् भनेर व्यंग्य समेत गरेका छन् ।

नेपाली कांग्रेसका नेता डा.चन्द्र भण्डारीले फेसबुकमा लेखेका छन् –

दु:खका साथ यो लेख्दैछु ।

जुन देशका जनताले भाेकमा भुटेका मकै र ज्वराेमा सिटामाेल पाएका छैनन । छाेरा छाेरी विदेशका विभिन्न ठाँउ मा आफ्नो शरीर, रगत र पसिना रेमिटान्ससंग साटी राखेका छन । पशुपतिमा लाशकाे विदेशी बाकस नआएको दिन छैन । त्यस देशका प्रधानमन्त्रीलाई हेलिकप्टर चार्टर्ड गरि देशकाे नक्सा भएको केक काट्ने कसले सुझाव दियाे ??? लाज लाग्दैन ???

साझा पार्टी प्रवक्ता डा. सूर्यराज आचार्यले फेसबुकमा लेखेका छन् –

***प्रमको बर्थ डे केक***

सम्मानीय प्रधानममन्त्रीज्युमा जन्मदिनको हार्दिक शुभकामना !

प्रम जन्मदिन मनाउन आफ्नै जन्मथलो तेह्रथुम पुग्ने खबर सुन्दा राम्रो लागेको थियो । आशा थियो, प्रमले जन्मदिनमा हाम्रो आफ्नै संस्कृति अनुसार अष्ट-चीरञ्जिवी पूजा सहितको शुभ-अनुष्ठान लगाउनु हुनेछ । यो ‘मैन बत्ति निभाएर केक काट्ने’ आयातित चलन गाउँघर समेतमा बनमारा झार जस्तै फैलिएको छ। प्रमज्युको जन्मदिन मनाउने सु-संस्कृत शैलीले नयाँ सन्देश दिन सक्थ्यो ।

तर आज बिहानैदेखि अलि भद्दा खबर आउन थाले । गाउँपालिकामा विदा, ड्रेस कोड, अनि केक बोक्न हेलिकप्टर चार्टर ! साँझ पख त सामाजिक सञ्जालमा नेपालको नक्सा (मिल्दो आकृति) अंकित केक काटेको विद्रुप फोटो सामाजिक सञ्जालमा देखियो ।

शुरूमा झट्ट देख्दा मैले यो फोटो-सप गरेको अडकल गरें किनभने देशको नक्साको ‘बर्थडे-केक’ को सोच, त्यो बनाउने बेकरी, अनि काट्ने बेलाका वरपरका बरिष्ठ जनले त्यस्तो हुन कसरी दिए होलान भन्ने अनुमान भयो । सरकारको कार्य सम्पादनमा असफल भए पनि प्रम स्वयम् यस्ता कुराका हकमा ‘स्मार्ट’ सोचको हुनुहुन्छ भन्ने बुझाई रह्यो। तर तस्बिर झन् भाइरल भयो ।

केहि पत्रकार साथिहरूसँग सोधखोज गर्दा फोटो असली नै जानकारी आयो। मेरो अनुमानले फेल खायो ।

साँच्चिकै दिक्क लाग्यो। मनमा चसक्क घोच्यो । देशको प्रधानमन्त्रि स्वयम्को जन्मदिनमा यस्तो विद्रुप दृष्य कसरी मञ्चन हुन पुग्यो? प्रधानमन्त्रिको संयन्त्र यो तहको नालायक होला भन्ने कल्पना सम्म गर्न सकिन्न ।

सम्माननीय प्रधानमन्त्रि ज्यु, प्रमको मर्यादा र यहाँको राजनीतिक व्यक्तित्वलाई यो दृश्यले न्याय गरेन। प्रतिकात्मक अर्थ के बुझेर यस्तो केक बन्यो थाहा भएन। देश र जनता सामु तुरुन्त क्षमा याचना गर्न ढिला नगर्नुस ।

१९९८ मा रुसमा चैँ कम्युनिस्ट शासनको अन्त्य मनाउन लेनिनको आकृतिको केक काटिएको थियो।

https://www.themoscowtimes.com/archive/for-artist-leaving-lenin-behind-is-a-piece-of-cake?

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री ओलीको जन्मोत्सवमा केक बोक्न हेलिकोप्टर चार्टर्ड


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !