१३ बैशाख २०८१, बिहिबार

प्रधानमन्त्री ओलीको जन्मोत्सवमा केक बोक्न हेलिकोप्टर चार्टर्ड


प्रधानमन्त्री ओलीको जन्मोत्सव

फागुन १२, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६९ औं जन्मोत्सव हिजो फागुन ११ गते आफू जन्मेको जिल्ला तेह्रथुमको आठराई गाउँपालिका-४ को इवास्थित आफू जन्मेको घरमा पुगेर धुमधामका साथ जन्मोत्सव मनाएका छन् । तेह्रथुम आठराई गाउँपालिकामा प्रधानमन्त्रीको जन्म घर नजिकै हेलिप्याड निर्माण गरिएको थियो ।

प्रधानमन्त्री ओलीका जन्मोत्सवका लागि हिजो आठराई गाउँपालिकाले सार्वजनिक विदा पनि दिएको थियो । उनको जन्मदिन मनाउन संसदीय दलका उपनेता सुवास नेम्वाङ, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, पर्यटनमन्त्री योगेश भट्टराई लगायत सहभागी थिए । त्यहाँ रहेका कर्मचारीहरुलाई प्रधानमन्त्रीको जन्मदिनमा अनिवार्य सहभागी हुन गाउँपालिकाले निर्देशनात्मक पत्र पठाएको थियो ।

प्रधानमन्त्री ओलीका जन्मोत्सवका लागि केक बोक्न हेलिकोप्टर चार्टर्ड गरिएकाे दावी गरिएकाे छ । यतिबेला केक बोक्न हेलिकोप्टरको प्रयोग भएकोमा सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीको चर्को आलोचना समेत भएको छ ।

नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले फेसबुकमा लेखेका छन् कि, जुन देशका जनताले भाेकमा भुटेका मकै र ज्वराेमा सिटामाेल पाएका छैनन । छाेरा छाेरी विदेशका विभिन्न ठाँउ मा आफ्नो शरीर, रगत र पसिना रेमिटान्ससंग साटी राखेका छन । पशुपतिमा लाशकाे विदेशी बाकस नआएको दिन छैन । त्यस देशका प्रधानमन्त्रीलाई हेलिकप्टर चार्टर्ड गरि देशकाे नक्सा भएको केक काट्ने कसले सुझाव दियाे ??? लाज लाग्दैन??? दु:खका साथ यो लेख्दैछु ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !