१४ बैशाख २०८१, शुक्रबार

महराले अपराध होइन, नैतिक त्रुटी गरे : प्रचण्ड


प्रचण्ड

२० कात्तिक, दाङ । नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रेस संगठन दाङले बुधवार घोराहीमा गरेको पत्रकार भेटघाटमा बोल्दै कृष्णबहादुर महराले नैतिक त्रुटी गरेको बताएका छन् । महराको विषय अदालती प्रक्रियामा भएकाले त्यसबारेमा राजनीतिकरुपमा बोल्न त्यति उचित नभएको प्रचण्डले बताए ।

महराले आफुले गरेको गल्ती स्वीकार गर्दै राज्य छानविन स्वीकारी कारवाही भोग्नु राम्रो भएको प्रचण्डले बताए । प्रचण्डले भने, ‘महराले गल्ती स्वीकार्नु आफ्नो लागि मात्र नभई राष्ट्रको चरित्रको लागि आवश्यक छ ।‘


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !