१५ बैशाख २०८१, शनिबार

संसदको वेबसाइटबाट कृष्णबहादुर महराको नाम हटायो


१५ असोज, काठमाडौं । सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराको नाम संसद सचिवालयले वेबसाइटबाट हटाएको छ । यौन दुर्व्यवहारको आरोप लागेपछि महराले उपसभामुख शिवमाया तुम्बाहाम्फेसमक्ष मंगलबार राजीनामा दिएका थिए ।

उपसभामुखको निर्देशनअनुसार प्रतिनिधिसभा नियमावलीको नियम २११ को उपनियम २ अनुसार महराले सभामुख पदबाट राजीनामा दिएको सूचना संसद सचिवालयमा टाँसिए सँगै संघीय संसदको प्रतिनिधिको वेबसाइटबाट महराको नाम बुधबार दिउँसोबाट हटाइएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !