१५ बैशाख २०८१, शनिबार

प्रधानमन्त्री ओलीले योगेश भट्टराईलाई मन्त्री बनाउने बाचा पूरा गरे


१५ साउन, काठमाडौं । तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी ओलीले निर्वाचनका बेला ताप्लेजुङ पुगेर योगेश भट्टराईलाई सांसद बनाएर पठाउनुस, मन्त्री बनाएर पठाउने जिम्मा मेरो भनेका थिए । तर ओलीको मन्त्रिमण्डलमा योगेश नपरेपछि धेरैले ओलीको आलोचना पनि गरेका थिए । अन्ततः ओलीले चुनावको वचन पूरा गरेका छन् ।

विपक्षी, आलोचक र पार्टीभित्रबाटै एक्लिँदा ओलीलाई योगेशले सार्वजनिक मञ्च र मिडियाबाट बचाउ गरिरहे । यस मामिलामा योगेशमा परिपक्व राजनीतिक संस्कार देखिएको ओली निकट नेताहरु बताउँछन् ।

पार्टीका केन्द्रीय सदस्यहरुको कार्य विभाजनको पूर्वसन्ध्यामा योगेशलाई प्रचार विभाग प्रमुख बनाउने गरी उक्त विभाग पूर्वएमालेकै भागमा राख्ने तयारी थियो । तर, विभागको टुंगो लगाउने बेलामा ओलीले योगेशलाई अर्कै जिम्मेवारी दिने भन्दै प्रचार विभाग माओवादी कोटामा पारेपछि धेरैले उनी मन्त्री बन्ने लख काटिसकेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !