१४ बैशाख २०८१, शुक्रबार

विवादका बीच नेविसंघको महाधिवेशन प्रतिनिधिहरुको नामावली सार्वजनिक (नामावलीसहित)


nebisangh

काठमाडौँ, ३० साउन – विवादका बीच नेपाल विद्यार्थी संघको निर्वाचनका लागि महाधिवेशन प्रनिनिधिहरुको नामावली सार्वजनिक गरिएको छ ।
महाधिवेशन सम्पन्न गराउनको लागि बनेको केन्द्रीय निर्देशन समितिले उपलब्ध गराएको नामावली विद्यार्थी संघको केन्द्रीय निर्वाचन समितिले शनिबार राती सार्वजनिक गरेको हो ।

केन्द्रीय निर्वाचन समितिका संयोजक भरत प्रसाद खरेलले देशभरका ३७६० जना प्रनितिनिधिको नामावली सार्वजनिक गरिएको बताए ।

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार प्रनिनिधिमा नाम समावेश भएकाहरुलाई आइतबार विहान ९ बजेदेखि मतदाता परिचयपत्र, झोलालगायतका सामाग्रीहरु पार्टीको केन्द्रीय कार्यालय, सानेपाबाट वितरण गरिने कार्यक्रम रहेको छ ।

उनले महाधिवेशन प्रतिनिधिहरुले परिचयपत्र लगायतका सामाग्रीहरु बुझ्न पार्टी कार्यालय जाँदा आ–आफ्नो नागरिकताको प्रमाणपत्र, निर्वाचन आयोगद्वारा जारी गरिएको मतदाता परिचयपत्र वा सवारी चालक अनुमतिपत्र मध्ये कुनै एकको साथमा नेपाल विद्यार्थी संघको महाधिवेशन प्रतिनिधिको मतदाता नामावलीको क्रमसंख्या सहित सम्पर्क राख्नु राख्नुपर्ने बताए ।
परिचयपत्र , झोलालगायतका सामग्री वितरणपछि आइतबार दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म मनोनयन दर्ता कार्यक्रम राखिएको खरेलले बताए ।
त्यसपछि बेलुकी ७ बजे उम्मेद्वारको नामवली प्रकाशन गरिने छ भने साउन ३१ गते विहान १० बजेदेखि १०ः ३० बजेसम्म उम्मेद्वारी सच्याउने समय प्रदान गरिने छ भने त्यसपछि उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

यस्तै उम्मेदवारको मनोनयन पत्रमा दावी विरोधका लागि सोहि दिन दिउँसो १२ः३० बजेदेखि ३ः३० बजेसम्मको समय तोकिएको छ । भने कसैले उम्मेदवारीको नाम फिर्ता लिन चाहे सोहि दिनको १ः३० बजेदेखि ५ः३० वजेसम्मको समय तोकिएको छ ।
त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी साउन ३२ गते मंगलबार विहान ७ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म मतदान हुने छ भने मतदान सकिएलगत्तै मतगणना सुरु हुनेछ । सबै चुनावी प्रक्रिया पार्टी कार्यालय सानेपामा हुनेछ ।

निर्वाचन आयोगले नामावली र निर्वाचन तालिका सार्वजनिक गरेपनि निर्वाचन प्रक्रियाका लागि विवादित जिल्लाबाट थपिएका महाधिवेशन प्रतिनिधिको नाममा विवाद आएको छ ।

सङ्घको महाधिवेशन सम्पन्न गर्न नेपाली काँग्रेसले गठन गरेको निर्देशक समितिले गत मङ्गलबार राति विवादित ११ जिल्लामा १० जनाभन्दा नबढाई प्रतिनिधि थप गर्ने सहमति गरेको थियो । सहमति विपरीत १० भन्दा बढी प्रतिनिधि थपिएको गुनासो आएको समिति सदस्य गुरुराज घिमिरेले जानकारी दिए ।

निर्वाचन समितिले मतदाताको नामावली प्रकाशन गर्नुअघि शनिबार सङ्घका केही नेताले पत्रकार सम्मेलन गरी अनशनका नाममा फर्जी विद्यार्थीलाई प्रतिनिधि बनाउन लागिएको भन्दै महाधिवेशन बहिष्कार गर्ने चेतावनी दिएका छन् ।

साउन २५ गते सम्पन्न गर्ने भनिएको सङ्घको ११औँ महाधिवेशन प्रतिनिधि विवादका कारण एक साताभन्दा बढी समय लागेपछि जिल्ला जिल्लाबाट आएका प्रतिनिधि समस्यामा परेका छन् ।

नेविसंघ महाधिवेशन प्रतिनिधि सूचि हेर्नुहोस्


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !