२४ बैशाख २०८१, सोमबार

दाहालले केहीबेरमै दोस्रोपटक प्रधानमन्त्रीको सपथ लिँदै


prachanda

श्रावण २०, २०७३- माओवादी केन्द्रका अध्यक्ष तथा नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालले आज तीन बजे राष्ट्रपति भवनमा पद तथा गोपनियताको सपथ खाँदै छन् । उनलाई राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ तथा गोपनियताको सपथ खुवाउने छिन् ।

सत्तासाझेदार कांग्रेसबाट विमलेन्द्र निधीको नेतृत्वमा अर्जुननरसिंह केसी र रमेश लेखकले मन्त्रीको सपथ खाने टुंगो लागेको छ ।

माओवादी केन्द्रका तर्फबाट सरकारमा कृष्णबहादुर महरा, दलजित वि.के श्रीपाली र गौरीशंकर चौधरी जाँदै छन् । माओवादीको भर्खरै बसेको हेडक्वार्टर बैठकले महरालाई अर्थ मन्त्रालय, श्रीपालीलाई युवा तथा खेलकुद मन्त्रालय र चौधरीलाई कृषि मन्त्रालय दिने निर्णय गरेको केन्द्रका स्थायी समिति सदस्य अग्नीप्रसा सापकोटाले जानकारी दिए। आजै उनीहरुले सपथ लिँदै छन् ।

कांग्रेसका तर्फबाट निधी उपप्रधान तथा गृहमन्त्रीका हैसियतमा सरकारमा जाने पक्का भएको छ । यस्तै रमेश लेखकले भौतिक योजना मन्त्रालयको जिम्मेवारी पाएका छन् । अर्जुननरसिंह केसीको भागमा रक्षा मन्त्रालय परे पनि उनले चित्त नबुझाएका कारण उनको मन्त्रालयको टुंगो नलागेको स्रोतको दाबी छ ।

उता माओवादी केन्द्रका तर्फबाट कृष्णबहादुर महरा उपप्रधान तथा अर्थ मन्त्रालयको जिम्मेवारीका साथ मन्त्रीमण्डलमा सामेल हुने टुंगो लागे लागेको स्रोतले बताएको छ । यस्तै माओवादीबाट आज हुने सपथ ग्रहणमा अन्य को–को सहभागी हुने भन्ने निर्णय हुन सकेको छैन ।

नवनिर्वाचित प्रधानमन्त्री दाहालले सानो मन्त्रिमण्डलका साथ सपथ ग्रहण गर्ने भनिए पनि कांग्रेस बाहेकका अन्य पार्टीका तर्फबाट मन्त्रीको टुंगो लागेको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !