२० बैशाख २०८१, बिहिबार

गण्डकीमा बहुमतको नयाँ सरकार गठनका लागि ७ दिनको समय


गण्डकी प्रदेशसभा

पोखरा । गण्डकी प्रदेशमा बहुमतको नयाँ सरकार गठनका लागि ७ दिनको समय दिइएको छ । गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा २७ गतेसम्म दाबी पेस गर्ने समय दिइएको हो ।

संसद्मा प्रतिनिधित्व गर्ने दलहरूलाई प्रदेश प्रमुखले ७ दिनको समय दिएका हुन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज बुधबार बिहान राजीनामा दिएपछि नयाँ बहुमतको सरकार गठनको लागि आह्वान गरिएको हो ।

प्रदेश प्रमुख डिल्लीराज भट्टले २७ चैत दिउँसो ३ बजेभित्र नयाँ मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका हुन् । संविधानको धारा १६८ उपधारा (२) अनुसार नै बहुमतको सरकार गठनका लागि दलहरूलाई मौका दिइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !