२२ बैशाख २०८१, शनिबार

युवराज शर्मालाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने कांग्रेसको निर्णय


युवराज शर्मा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले युवराज शर्मालाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बसेको काँग्रेस संसदीय दल कार्यसमितिको बैठकले बाँकेका शर्मालाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

सत्ता गठबन्धनका दलहरु नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) बीच राष्ट्रियसभा अध्यक्ष माओवादी केन्द्र र उपाध्यक्ष एमालेले लिने सहमति भइसकेको छ ।

काँग्रेसले अरू दललाई पनि शर्माको पक्षमा मतदान गर्न आह्वान गर्ने निर्णय गरेको छ । शर्मा २०७८ सालमा राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका हुन् ।

संघीय संसद सचिवालयका अनुसार शर्मा २०२७ सालदेखि राजनीतिमा छन् । राष्ट्रियसभा अध्यक्षको निर्वाचन फागुन २९ गते हुँदैछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !