२२ बैशाख २०८१, शनिबार

माओवादीबाट बस्नेत र शर्मा दोहोरिने, पहिलेकै मन्त्रालयमा पठाउने


रेखा शर्मा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) बाट ऊर्जामन्त्री शक्ति बस्नेत र सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा पहिलेकै मन्त्रालयमा दोहोरिने भएका हुन् । यस्तै नारायणकाजी श्रेष्ठ पनि दोहोरिने भएका हुन् ।

यसअघिको गठबन्धन सरकारमा रहेका तीन जना नयाँ गठबन्धन सरकारमा पनि दोहोरिने भएका हुन् । दुई जना बस्नेत र शर्मा पहिलेकै मन्त्रालयमा दोहोरिने भएका हुन् भने श्रेष्ठलाई परराष्ट्र मन्त्रालयमा पठाइने भएको हो ।

बालुवाटार स्रोतकाअनुसार श्रेष्ठको मन्त्रालय फेरिए पनि अन्य दुई बस्नेत र शर्माले माओवादी केन्द्रीय सचिवालय बैठकमा कामको परफरमेन्सका आधारमा पहिलेकै मन्त्रालयमा निरन्तरता पाउने भएका हुन् ।

यस्तै माओवादीबाट यसअघि सोमबार सपथ लिइसकेका हितबहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्ने भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !