२५ बैशाख २०८१, मंगलबार

रास्वपाले पाउने गृहसहित चार मन्त्रालय र मन्त्रीको टुंगो


रवि लामिछाने, डीपी अर्याल, सुमना श्रेष्ठ र विराजभक्त श्रेष्ठ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृह मन्त्रालयसहित चार मन्त्रालय लिने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बुधबार दिउँसो बसेको सत्ता गठबन्धन बैठकमा रास्वपाले चार मन्त्रालय पाउने सहमति जुटेको हो ।

उक्त सहमतिअनुसार पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा रास्वपाले गृह, श्रम, शिक्षा र युवा तथा खेलकुद मन्त्रालय गरी चार मन्त्रालय लिने सहमति भएको हो ।

यस्तै रास्वपाले पाउने चार मन्त्रालय र मन्त्रीको टुंगो लागेको छ । रास्वपा अध्यक्ष रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री बन्ने भएका छन् । त्यस्तै डीपी अर्याल श्रममन्त्री बन्ने भएका छन् ।

साथै शिक्षामन्त्रीमा रास्वपाले सुमना श्रेष्ठलाई पठाउने भएको छ भने युवा तथा खेलकुद मन्त्रालयमा विराजभक्त श्रेष्ठलाई पठाउने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !