२५ बैशाख २०८१, मंगलबार

रास्वपाबाट रवि लामिछाने सरकारमा नजाने, डिपी अर्याललाई पठाउने


डिपी अर्याल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सरकारमा नजाने भएका छन् । सभापति लामिछानेले मागेको गृहमन्त्री नपाएपछि उनी सरकारमा नजाने भएका छन् ।

रास्वपाले सभापति लामिछानेले सरकारमा नजाने भएपछि उपसभापति डिपी अर्याललाई सरकारमा पठाउने भएको हो । आजै सोमबार उनले मन्त्री पदको शपथ लिने भएका छन् ।

गृहमन्त्री बन्न चाहेका लामिछानेलाई नयाँ सत्ता समीकरणमा रहेका दलहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्रले गृह मन्त्रालय नदिएपछि उपसभापति अर्याललाई सरकारमा सहभागी गराइने भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !