२३ बैशाख २०८१, आइतबार

सुरेन्द्र पाण्डे भन्छन्- आजै सरकार परिवर्तन हुन्छ


सुरेन्द्र पाण्डे

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले आजै सरकार परिवर्तन हुने बताएका छन् । एमालेका उपाध्यक्ष पाण्डेले आजै सरकार परिवर्तन हुने दाबी गरेका हुन् ।

उनले सामाजिक सञ्जालमार्फत नयाँ समीकरण बन्ने र आजै सानो मन्त्रिपरिषदले सपथ लिने दाबी गरेका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सानो आकारको मन्त्रीमण्डलले आज शपथ लिनेछ ।’

अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको एमालेको सचिवालय बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेससँगको सत्ता गठबन्धन टुटाए सहकार्यका लागि नयाँ ढङ्गले छलफल गर्न तयार रहेको निष्कर्ष समेत निकालेको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !