काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले आजै सरकार परिवर्तन हुने बताएका छन् । एमालेका उपाध्यक्ष पाण्डेले आजै सरकार परिवर्तन हुने दाबी गरेका हुन् ।
उनले सामाजिक सञ्जालमार्फत नयाँ समीकरण बन्ने र आजै सानो मन्त्रिपरिषदले सपथ लिने दाबी गरेका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सानो आकारको मन्त्रीमण्डलले आज शपथ लिनेछ ।’
अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको एमालेको सचिवालय बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेससँगको सत्ता गठबन्धन टुटाए सहकार्यका लागि नयाँ ढङ्गले छलफल गर्न तयार रहेको निष्कर्ष समेत निकालेको छ ।
आजै सरकार परिवर्तन र नयां मंत्री परिषद वन्दै।सानो मंत्री मण्डल ले आज सपथ लिनेछ।
— surendra pandey (@surendraCPN) March 4, 2024