१८ बैशाख २०८१, मंगलबार

काठमाडौँका मेयर बालेनद्वारा राष्ट्रियसभा निर्वाचनको मतदान बहिष्कार


बालेन शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले राष्ट्रियसभा सदस्यको निर्वाचन बहिष्कार गरेका छन् । काठमाडौं महानगरका मेयर शाहले राष्ट्रियसभा सदस्य निर्वाचनमा भोट नहाल्ने भएका हुन् ।

राष्ट्रियसभा चुनावअन्तर्गत बागमतीको हेटौंडामा मतदान जारी भइरहँदा काठमाडौंमै रहेका उनी राष्ट्रियसभा निर्वाचनको मतदानमा भाग नलिने भएका हुन् ।
यद्यपि उपमेयर सुनिता डंगोल भने हेटौंडा पुगिसकेकी छन् ।

उनी कार्य व्यस्तताको कारण मतदान गर्न नगएको भएको भन्ने बुझिएको छ ।व राष्ट्रियसभाको चुनावमा प्रदेशसभा सांसद र स्थानीय तहका प्रमुख-उपप्रमुख मतदाता छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !