२१ बैशाख २०८१, शुक्रबार

संघीय संसदको दुवै सदनको अधिवेशन माघ २२ गते आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस


मन्त्रिपरिषद्को बैठक

काठमाडौँ । सरकारले संघीय संसदको दुवै सदनको अधिवेशन माघ २२ गते आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ ।

संघीय संसदको दुवै सदनको अधिवेशन २०८० माघ २२ गते दिनको ४ बजे आह्वान गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस गर्ने निर्णय मन्त्रिपरिषदले गरेको हो ।

मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सभामुख देवराज घिमिरेसँग अधिवेशन आह्वानको तयारीबारे टेलिफोनमा जानकारी गराएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !