२४ बैशाख २०८१, सोमबार

रास्वपा सभापति लामिछानेले ४:३० बजे पत्रकार सम्मेलन गर्दै


रास्वपा रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पत्रकार सम्मेलनको आयोजना गर्दै छन् । सभापति लामिछानेले सोमबार दिउँसो साढे ४ बजे पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्न लागेका हुन् ।

आफूमाथि सहकारीको पैसा हिनामिना गरेकाे आरोप लागेपछि उनले पत्रकार सम्मेलनको आयोजना गर्न लागेका छन् । लामिछानेविरुद्ध सहकारी विभागमा समेत उजुरी परेको छ ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्,’सम्पूर्ण गाली गलोजहरु सुरक्षित राख्नु होला । कुनै दिन मन लागे पछुताउन काम लाग्न सक्छ। पार्टी कार्यालयमा आज ४:३० बजे पत्रकार सम्मेलनमा प्रश्नसहित आउनु होला ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !