२० बैशाख २०८१, बिहिबार

बागलुङमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात, एक जना पक्राउ


दुर्गा प्रसाईँ

पोखरा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि बागलुङमा हातपात भएको छ । बागलुङमा ‘नेपालीहरूको मुक्तिको लागि अन्तिम लडाइँ’ कार्यक्रमलाई सम्बोधन गर्न पुगेका प्रसाईलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो ।

उनीमाथि हातपात गर्ने बागलुङकै धौलागिरी चोकमा जुत्ता पसल गर्ने ३७ वर्षका रामकान्त गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रसाईँ मञ्चमा उक्लने क्रममा गौतमले हातपात गरेकाे प्रहरीले जनाएको छ ।

प्रसाईंमाथि हातपात गर्नुको कारण खुलेको छैन । प्रसाईंले राष्ट्र, राष्ट्रिय, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नाममा विभिन्न जिल्लामा कार्यक्रमहरु गरिरहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !