२२ बैशाख २०८१, शनिबार

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै


राष्ट्रिय स्वतन्त्र पार्टी फाइल फोटो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दै छ । रास्वपाको केन्द्रीय समिति बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको हो ।

बैठकले पार्टी सचिवालयको बैठकको निर्णय अनुमोदनका एजेन्डा तय गर्ने भएको छ । बैठकमा सहकारी, लघुवित्त, बैंक, इन्सुरेन्स, रिइन्सुरेन्ससम्बन्धी भएको अध्ययन, विभागहरूको रिपोर्ट, समसामयिक विषय तथा संगठन अद्यावधिकलगायत विषयमा छलफल हुने रास्वपाले जनाएको छ ।

बैठकमा पार्टीको आर्थिक र प्रशासनिक नियमावली, विभागीय नियमावली, आचारसंहिता, विभागहरूको कार्यप्रगति विवरण, घरदैलो कार्यक्रमको रिपोर्ट, ऐनको संशोधन प्रस्तावको तयारी, महाधिवेशनमा जिम्मेवारीलगायत विषयमा पनि छलफल हुने बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !