२० बैशाख २०८१, बिहिबार

भारतीय विदेशमन्त्री जयशंकर स्वदेश फिर्ता


डा. एस जयशंकर फाइल फोटो

काठमाडौं । भारतीय विदेशमन्त्री डा. एस जयशंकर स्वदेश फिर्ता भएका छन् । नेपालको दुईदिने भ्रमण पुरा गरी उनी आज शुक्रबार मध्यान्ह भारत फर्केका हुन् ।

काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको निमन्त्रणामा दुईदिने नेपालको औपचारिक भ्रमणमा आएका भारतीय विदेशमन्त्री जयशङ्करलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रसचिव सेवा लम्सालले बिदाइ गरिन् ।

नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन विदेशमन्त्री जयशङ्कर बिहीबार नेपाल आएका हुन् । बैठकमा विकास साझेदारीसहित द्विपक्षीय सहकार्यका सबै पक्षमाथि समीक्षा हुनाका साथै बैठकपश्चात्, भारतीय विदेशमन्त्री र नेपालका परराष्ट्रमन्त्रीको उपस्थितिमा दुई पक्षबीच विभिन्न महत्वपूर्ण सहमतिपत्र-समझदारीपत्रको आदान-प्रदान भएको थियो ।

नेपाल भ्रमणमा रहँदा विदेशमन्त्री जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल लगायत अन्य राजनीतिक दलका शीर्ष नेताहरुसँग शिष्टाचार भेटवार्ता गरेका थिए ।

‘छिमेकी पहिलो’ नीतिअन्तर्गत नेपाल भारतको प्राथमिकतामा पर्ने साझेदार हो । दुई घनिष्ठ र मित्रवत् छिमेकीबीच उच्चस्तरीय भेटघाट गर्ने परम्परालाई ध्यानमा राख्दै मन्त्री जयशङ्करको भ्रमण भएको भारतीय पक्षले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !