२० बैशाख २०८१, बिहिबार

प्रधानमन्त्री प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले दिए राजीनामा


हरिबोल गजुरेल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले पदबाट राजीनामा दिएका छन् । गजुरेलले गत मंसिर २० गते राजीनामा बुझाएपनि अहिलेसम्म स्वीकृत भने भइसकेको छैन ।

उनले दिएको राजीनामा प्रधानमन्त्री प्रचण्डले भने स्वीकृत गरेका छैनन् । गजुरेल २०७९ माघ ९ गते मन्त्री सरह सेवा सुविधा पाउने गरी प्रचण्डले प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेका थिए ।

सल्लाहकारमा भूमिका बिहिन बनाइएकोमा पनि असन्तुष्ट थिए । राजीनामा दिनुको कारण पछि खुलासा गर्ने उनले बताएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !