२० बैशाख २०८१, बिहिबार

दुर्गा प्रसाईंले आजदेखि तीनकुनेमा प्रदर्शन गर्ने


बल्खु दुर्गा प्रसाई आन्दोलन

काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऔँ अभियान, नेपालका संयोजक दुर्गा प्रसाईंले आजदेखि काठमाडौँको तीनकुनेमा प्रदर्शन गर्ने भएका छन् ।

बैैँक तथा वित्तीय संस्थाबाट लिइएका ऋण मिनाहा हुनुपर्ने लगायतका माग गर्दै उक्त अभियानले हिजो काठमाडौँको बल्खुमा विरोध प्रदर्शन गरेको थियो । पहिलो दिन बल्खुमा शक्ति प्रदर्शन गरेका प्रसाईं आजदेखि तीनकुने केन्द्रित हुने भएका हुन् ।

व्यवसायी प्रसाईँ नेतृत्वमा भएको प्रदर्शनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्रबहादुर शाहीलगायतको सहभागिता थियो । करिब १० मिनेट बल्खुमा समर्थकलाई सम्बोधन गरेका प्रसाईंले व्यवस्था परिवर्तन नभएसम्म आन्दोलन जारी रहने बताएका थिए ।

प्रदर्शनका क्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप समेत भएको थियो । प्रदर्शनकारी तोकिएको घेरा तोडेर निषेधित क्षेत्रतर्फ जान खोज्दा झडप भएको थियो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रहार गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !