२० बैशाख २०८१, बिहिबार

महासचिव गुटेरेसले मंगलबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने


एन्टोनियो गुटेरेस नेपालमा

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आगामी मङ्गलबार दिउँसो ४ बजे दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले सदनलाई सोसम्बन्धी जानकारी दिएका हुन् । उनले उक्त दिन दिउँसो ३ बजे ४५ मिनेटभित्रै औपचारिक पोशाकमा बैठक कक्षमा उपस्थित हुन सांसदहरुलाई आग्रहसमेत गरे ।

यसैबीच अर्थमन्त्रीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले प्रतिनिधिसभामा ‘बैंकिङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८०’ र ‘भन्सार विधेयक, २०८०’ प्रस्तुत गरेका थिए ।

सभामुख देवराज घिमिरेले दुवै विधेयक संशोधनका लागि प्रस्तुत गर्न अनुमति दिए । प्रतिनिधिसभाको अर्को बैठक यही कात्तिक १६ गते बिहीबार बिहान ११ बजे बस्नेत तय भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !